जीतपुरसिमरा अपडेट : अहिलेसम्म ३४२ जनाको स्वास्थ्य परिक्षण
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकामा अहिलेसम्म ३४२ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । अस्थायी कोरोना अस्पताल सिमराले दिएको जानकारी अनुसार आजसम्म ३४२ जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।
जस मध्य ३०१ जनाको सामान्य चेकजाचपछि घर पठाईएको अस्पतालका डा. अनुष थाले ए वान समाचारलाई जानकारी दिनुभयो । ‘सामान्य चेकजाचका क्रममा केहि नभएकाहरुलाई हामीले होम क्वारेन्टँईनको लागि पठाईएका छौ’ उहाले भन्नुभयो ।
डा. थाका अनुसार अहिले अस्पतालमा ८ जना क्वारेन्टाईन र ७ जना आईसोलेसनमा रहेका छन् । जस अनुसार २१ जनाको आरडिटि र १७ जनाको पिसिआर गरिएको छ ।
संक्रमितका आफन्त कोरोना अस्पतालमा
कोरोना संक्रमितका आफन्तलाई अस्थायी कोरोना अस्पतालको क्वारेन्टाईनमा राखिएको छ । अस्पतालका प्रवक्ता कृष्ण गैरेका अनुसार ७ जनालाई क्वारेन्टाईनमा राखिएको हो ।
जसमध्य जीतपुरका ५ र ईनर्वासिराका २ जनालाई क्वाईरेन्टाईनमा राखिएको प्रवक्ता गैरेले जानकारी दिनुभयो । हिजो एकैदिन जीतपुरसिमराको ७ र १९ मा २ जनामा कोरोना संक्रमण देखिएको थियो ।















