लकडाउनमा भोका बादरलाई खाने कुरा खुवाउदै रोटर्याक्ट
ए वान डेस्क /
विश्वव्यापी रुपमा फैलिरहेको नोबेल कोरोना भाइरसबाट बच्न देशमा चौथो पटक लकडाउन थपिएको छ । अधिकांश मानिसहरु परिवारसँग बसेर दिनै पिच्छे मिठा–मिठा परिकारहरु खाँई लकडाउनको पलना गर्दै बसिरहेका छन् । तर अरुको आशामा खानेकुरा कुरेर बस्ने देवघाट क्षेत्रका बाँदरहरु प्रति कमैंको ध्यान गएको देखिन्छ ।
देवघाटमा भक्तजनको बाटो कुरी रहेका बाँदरलाई आहाराको कमी भएको महशुस गरि राहत होस भन्ने उद्देश्यले चितवनमा सकृय तिन रोटर्याक्ट क्लवहरुले देवघाटमैं पुगेर भोका बाँदरलाई खाना खुवाएका छन् । उनिहरुले बाँदर रहेका स्थान पहिचान गरी चामल, मकै, भिजाएको चना, केराउ र बिस्कुट खुवाएका हुन् ।
केहिदिन यता दिन बिराएर यसै गरी बाँदरलाई खाने कुरा उपलब्ध गराउदैं आएको र अवस्था हेरी यस्तो कार्यक्रमलाई निरन्तरता दिने रोटर्याक्ट क्लव अफ भरतपुरका उपाध्यक्ष गोविन्द पराजुलीले बताउनुभयो । सो समुहले देवघाट स्थित रोटरी करुणालय (वृद्धाश्रम) मा चामल सहयोग गर्नुका साथै त्यहाँ आश्रित ४० जना वृद्धा वृद्धा तथा कर्मचारीहरु लाई माक्स हस्तान्तरण गरेको रोटर्याक्ट क्लव अफ नारायणगढ़का अध्यक्ष सन्तोष थापाले जानकारी दिनुभयो ।
रोटर्याक्ट क्लव अफ चितवनका निर्वा्िचत अध्यक्ष रोशन खरेलको संयोजकत्वमा भएको कार्यक्रम मा जोनल रोटर्याक्ट प्रतिनिधि (जेडआरआर) निरज खनालको विशेष उपस्तिथि रहेको थियो । रोटर्याक्ट क्लव अफ भरतपुरका सदस्य अर्जुन लामिछाने, रोटर्याक्ट क्लव अफ चितवनका सदस्य कुशल खनाल, रोटर्याक्ट क्लव अफ नारायणगढका निवार्चित अध्यक्ष प्रदिप खरेल लगायतको उपस्थिति रहेको थियो ।















