थर्मल गन काण्ड : हेर्नुहोस् समिक्षामुलक भिडियो (भिडियोसहित)
ए वान डेस्क /
पछिल्लो समय जीतपुरसिमरा उपमहानगरपालिको थर्मल गन काण्ड निकै चर्चामा छ । उपमहानरपालिकाले बिग्रेको थर्मल गन प्रयोग गरेको समाचार सिधा कुरा जनतासंग प्रशारण भएपछि यो बिषय एकाएक चर्चामा आएको हो ।
सिधा कुरा जनतासंग कार्यक्रममा थर्मल गनको बिषयमा भिडियो नै प्रशारण भएपछि उपमहानगरपालिकाले पत्रकार सम्मेलन नै गर्नुपर्यो । पत्रकार सम्मेलन लगत्तै तरंगित बनेको सामाजिक सञ्जालमा उपमहानगरपालिकाको आलोचना हुन थाल्यो । कारण थियो, उपमहानगरपालिकाले थर्मल गनको बिषयमा स्पष्ट पार्न नसक्नु ।
नगर प्रमुख डा. कृष्ण पौडेलले सिधा कुरा जनतासंग कार्यक्रममा भ्रम र यर्थात प्रष्ट रुपमा राख्न नसक्दा उपमहानगरपालिका आलोचित बन्न पुगेकाभन्दै बिभिन्न क्षेत्रबाट आलोचनापनि हुन थाल्यो । यो बिचमा उपमहानगरपालिका र सिधा कुरा जनतासंग कार्यक्रमको खण्डन गर्दै बिभिन्न प्रतिक्रियाहरु आईरहेका छन् ।
यसैबिच, सिमराबाट सञ्चालित पल खबर डटकमले पनि उपमहानगरपालिका र सिधा कुरा जनतासंग कार्यक्रमलाई एउटा बिशेष भिडियो तयार गरेको छ । सो भिडियोमा सिधा कुराका प्रस्तोता रवि लामिछाने र नगर प्रमुख डा. कृष्ण पौडेललाई बिभिन्न प्रश्नहरु सोधिएको छ ।
थर्मल गन काण्डपछि देखिएको भ्रम र त्रासलाई चिर्न समिक्षामुलक भिडियो तयार गरिएको पल खबर डटकमका प्रबन्ध निर्देशक बेद भट्टले जानकारी दिनुभयो । सो भिडियो अहिले सामाजिक सञ्जालमा पनि भाईरल भएको छ । के छ त भिडियोमा ? यो हेर्नुस् ।















