जीतपुरसिमरा ३ बजनीकी मञ्जु अधिकारीको हत्या (भिडियोसहित)
ए वान डेस्क÷ /
जीतपुरसिमरा उपमहानगरपालिका निवासी मञ्जु अधिकारीको गएराति आफ्नै श्रीमानले हत्या गरेका छन् । चितवनको खैरहनी नगरपालिका–९ सिमलटाडीका ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले श्रीमती ३४ वर्षीया मञ्जु अधिकारीको हत्या गरेका हुन् ।
https://www.youtube.com/watch?v=GIQHKGeDeR0&t=1s
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता एक नारायण कोइरालाका अनुसार घरायसी विवादका कारण शनिबार राति १० बजे खुकुरी प्रहार गरी कृष्णप्रसादले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीका अनुसार उनका दुई श्रीमती थिए ।
हत्या गरिएकी श्रीमती कान्छी हुन् । कृष्णप्रसादलाई राति नै नियन्त्रणमा लिइएको र अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















