बारामा कोरोना संक्रमितको संख्या चार पुग्यो
ए वान डेस्क /
बारामा अहिलेसम्म चार जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती प्रकाशित गरेर बाराको करैयामाई ५ मा ३८ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ ।
सो पुरुष पत्रकार रहेको बुझिएको छ । यो संगै संक्रमितको संख्या ४ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत रौतहटका एक जना प्रहरी जवान, भारतबाट फर्किएका सिम्रौनगढ र जीतपुरसिमराका दुई जना जमातीलाई संक्रमण भएको थियो । दुई जनाको नारायणी उपक्षेत्रिय अस्पतालमा र प्रहरी जवानको कलैया अस्पतालमा उपचार भईरहेको छ ।















