जीतपुरसिमरामा भ्रष्टचार मौलायो : नगर सभापति गुप्ता
ए वान डेस्क /
नेपाली काग्रेसका नगर सभापति श्यामबाबु गुप्ताले विकास निर्माणको कार्यमा सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । प्रदेशसभा सदस्य शोभा लामाको निर्वाचन कोषबाट सञ्चालित सडक ढलान निर्माण कार्यको आज शिलन्यास गर्दै नगर सभापति गुप्ताले यस्तो बताउनुभएको हो ।
काग्रेसकै कारण देशमा विकासको लहर छाएकोभन्दै उहाले विकासको मुल फुटाउनुपर्ने बेला आएको बताउनुभयो । पछिल्लो समय जीतपुरसिमरा उपमहानगरपालिकामा भ्रष्टचार मौलाउदै गएकोभन्दै नगर सभापति गुप्ताले राम्रो काम नहुदा नगरपालिकाको आलोचना बढि हुने गरेको बताउनुभयो ।
नगरको कामप्रति सबै सचेत हुनुपर्नेभन्दै उहाले जनता जागरुप भएमा मात्र विकास निर्माणको कार्यले मुर्तरुप लिने बताउनुभयो । सासंद शोभा लामाको कोषबाट सञ्चालित सडक ढलान कार्य पानिटंकीमा हुदैछ ।
सो उपभोक्ता समितिको अध्यक्ष बिक्रम कुमार थापा हुनुहुन्छ ।















