‘सैलुन खोल्न नदिए हामी आन्दोलन गछौ’ : नाई संघ बारा
ए वान डेस्क /
बिभिन्न ४ सुत्रीय माग राख्दै नेपाल नाई संघ जिल्ला कार्य समिति बाराले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । लक डाउनका कारण सबै क्षेत्र अस्तव्यस्त भएकोभन्दै सहज वातावरण शिर्जनाको निम्ति नाई संघले ज्ञापन पत्र बुझाएको हो ।
बाराका बिभिन्न स्थानीय तहबाट प्रतिनिधित्व गरेर जिल्ला प्रशासन कार्यालय पुगेका पदाधिकारीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् । आफुहरुको ४ बुदे माग पुरा नभए कडा आन्दोलन गर्ने नाई संघ जितपुरसिमरा नगर कमिटिका सचिव मुरारी ठाकुरले जानकारी दिनुभयो ।
ठाकुरका अनुसार संघ बाराले प्रशासन कार्यालयसहित जिल्ला प्रहरी कार्यालय र कलैया उपमहानगरपालिकालाई समेत ज्ञापन पत्र बुझाएको छ ।
यस्तो छ नाई संघको ज्ञापन पत्र । के के छ माग ?
















