जगदम्बा मजदुर युनियनको नया कार्यसमिति चयन, निर्देशकले दिए बधाई

ए वान डेस्क
३ श्रावण २०७७, शनिबार १३:०७

ए वान डेस्क /

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टिल मजदुर युनियनको नया कार्यसमिति चयन भएको छ । अखिल नेपाल टे«ड युनियन महासंघ अन्र्तगत रहेको अखिल नेपाल औद्योगिक मजदुर संघको युनियनको नया कार्यसमिति चयन भएको हो ।

युनियनको हालै सम्पन्न सातौ साधारणसभाले पुनः दिपक बिककै अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो । साधारणसभाले युनियनको सञ्चार प्रवक्तामा विकास पाण्डेलाई चयन गरेको छ ।

नव गठित कार्यसमितिलाई युनियनका सल्लाहकार संयोजक श्यामप्रसाद खनाल र नविन थापले पद तथा गोपनियताको सपथ खुवाउनुभएको थियो । मजदुरको क्षेत्रमा यस युनियनले लामो समयदेखि सक्रिय भुमिका निर्वाह गर्दे आएको छ ।

‘हामी मजदुरहरुको समस्या बुझ्छौ, उनीहरुको समस्या समाधान गछौ, सधै मजदुरकै पक्षमा छौ’ नव गठित कार्यसमितिका सचिव दिपक कार्कीले भन्नुभयो । नेपालकै सबैभन्दा ठुलो स्टिल कम्पनीको रुपमा आफुलाई स्थापित गराउदै आएको जगदम्बामा बिगत आठ बर्षदेखि युनियनको पुरानै कार्यसमितिले आफ्नो जिम्मेवारी सम्हाल्दै आएको छ ।

जगदम्बामा नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट बाहेक अन्य कुनैपनि पार्टी निकट संगठन छैन् । लामो समयदेखि मजदुरहरुले गरेको बिस्वास नै आफुहरुको लागी प्रयाप्त रहेको युनियनका सह सचिव बिनोद अधिकारीले बताउनुभयो ।

यसैबिच, आठ बर्षदेखि युनियनले मजदुर क्षेत्रमा गरेको कामको उच्च प्रसंसा गर्दै जगदम्बा स्टिलका निर्देशक पवन बाबु गुप्ताले आगामी कार्यकालको समेत शुभकामना व्यक्त गर्नुभयो । यस्तै जगदम्बाका निर्देशक अनुराग शर्माले पनि सम्पुर्ण कार्यसमिति बधाई तथा शुभकामना व्यक्त गर्नुभयो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*