जीतपुरसिमरामा यसरी मनाईयो संविधान दिवस (हेर्नुस् फोटो)
ए वान डेस्क /
संविधान दिवसको अवसरमा देशैभर बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ । नेपालको संविधान २०७२ जारी भएको ५ बर्ष पुगेको खुशियालीमा आज बिभिन्न कार्यक्रमको आयोजना.गरिएको हो ।
२०७२ असोज ३ गते संविधान घोषणा गरिएको थियो ।संविधानसभाबाट संविधान निर्माण गर्ने जनताको चाहना सात दशकभन्दा बढी समयपछि पूरा भएको थियो ।
यसैबिच, दिवसको अवसरमा बारामा पनि बिभिन्न कार्यक्रम गरिएको छ । दिवसकै अवसरमा जीतपुरसिमराको बिभिन्न स्थानमा आज दिप प्रज्वलन कार्यक्रम गरिएको छ । सिमरा, बजनी लगायतका बिभिन्न स्थानमा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरी आज संविधान दिवस मनाईएको नेकपाका युवा नेता मदन तिमल्सिनाले जानकारी दिनुभयो ।
फोटोमा हेर्नुस् जीतपुरसिमरामा मनाईएको संविधान दिवस
















