बारामा एकैदिन १४ जनामा कोरोना संक्रमण, देशैभर ४३६४ मा संक्रमण

ए वान डेस्क
२२ आश्विन २०७७, बिहीबार १७:२८

नेपालमा हालसम्मकै सबैभन्दा धेरै कोरोना भाइरस ( कोभिड १९) सक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार एकै दिन ४ हजार ३ सय ६४ जनामा कोरोना पुष्टि भएको हो।

अहिलेसम्मकै सर्वाधिक १८ हजार ४ सय ७३ पिसिआर परीक्षण हुँदा ४३ सय ६४ संक्रमित थपिएर जम्मा एक लाख नजिक पुगेका छन्। मन्त्रालयका प्रवक्ता जागेश्‍वर गौतमका अनुसार बिहीबारसम्म संक्रमितको संख्या ९८ हजार ६ सय १७ जना पुगेको छ। यस्तोमा सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ रहेको छ। देशभर अहिलेसम्मकै धेरै संक्रमित भेटिँदा काठमाडौं उपत्यकामै त्यसको आधा संख्या रहेको छ।

२४ घन्टायता काठमाडौं जिल्लामा २ हजार ५ सय ४० जना संक्रमित थपिएका छन्। उता ललितपुरमा ३ सय २० जना र भक्तपुरमा एक सय ३५ जना संक्रमित भेटिएका छन्। मोरङमा २ सय ४९ जना उता काठमाडौं जस्तै हटस्पट बनेको मोरङमा मात्रै एकै दिन २ सय ४९ जना नयाँ संक्रमित भेटिएका छन्। तराईका जिल्लासँगै पहाडी जिल्लामा पनि संक्रमित थपिने क्रम बढेको छ।

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा १२, उदयपुरमा ३२, ओखलढुंगामा ४, खोटाङमा ४, झापामा ५५, ताप्लेजुङमा ६, तेह्रथुममा ३, धनकुटामा ३, पाँचथरमा २, भोजपुरमा ४, मोरङमा २ सय ४९, सुनसरीमा २ सय १४, संखुवासभामा ३ र सोलुखुम्बुमा २ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धनुषामा २८, पर्सामा ११, बारामा १४, महोत्तरीमा ७, रौतहटमा १८, सप्तरीमा २५, सर्लाहीमा १४ र सिरहामा ४८ जनामा कोरोना संक्रमित भेटिएका छन्। अर्कातिर प्रदेश २ को काभ्रेमा २९, चितवनमा ६९, दोलखामा १, धादिङमा ७१, नुवाकोटमा ३, भक्तपुरमा १ सय ३५, मकवानपुरमा १ सय ५, रामेछापमा ५, ललितपुरमा ३ सय २०, सिन्धुपाल्चोकमा १३ र सिन्धुलीमा ३ जनामा कोरोना पुष्टि भएको छ।

गण्डकी प्रदेशको कास्कीमा १९, गोरखामा ११, तनहुँमा १०, नवलपरासी पूर्वमा २८, पर्वतमा १, लमजुङमा ३, बागलुङमा १२ र स्याङजामा १३ जनामा कोरोना भेटिएको छ। प्रदेश ५ को अर्घाखाँचीका २७, कपिलवस्तुका ७, गुल्मीका १८, दाङका ५५, नवलपरासीका २१, पाल्पाका २१, प्युठानका १, बर्दियाका १०, बाँकेका ५७, रोल्पाका १ र रुपन्देहीका १ सय ९९ जना छन्।

यस्तै कर्णाली प्रदेशको कालिकोटमा ६, जुम्लामा ६, डोल्पामा ३, दैलेखमा ४, रुकुम पश्‍चिममा ५, सुर्खेतमा १ सय ६, हुम्लामा ३ र सल्यानमा ४ जनाका कोरोना भेटिएको छ। सुदूरपश्‍चिम प्रदेशको अछाममा १०, कञ्चनपुरमा २१, कैलालीमा ७५, डडेल्धुरामा १, डोटीमा ७, बझाङमा १ र बैतडीमा १ जनामा कोरोना संक्रमित भेटिएको मन्त्रालयको पछिल्लो विवरणमा उल्लेख गरिएको छ।

हाल देश भर भेटिएका संक्रमित मध्ये २६ हजार ६ सय ८४ जना सक्रिय संक्रमित छन्। भने गत २४ घण्टामा कोरोनाको आशंकामा १८ हजार ४ सय ७३ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ४ हजार ४ सय ६० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*