दशैमा बिपन्नको लागी सिमराको ट्रान्सपोर्ट सेवा बन्यो अभिभावक
सिमरामा रहेको एक ट्रान्सपोर्ट सेवाले देशमै अनुकरणीय अभ्यास शुरु गरेको छ । ट्रान्सपोर्टले अभिभावक विहिन गरिव तथा बिपन्न परिवारलाई महिनामा एउटा परिवारलाई राहत दिने घोषणा गरेको छ ।
यस ट्रान्सपोर्ट सेवाले अघिल्लो महिलादेखी जील्लाका एक बिपन्न परिवारलाई ५ हजारदेखी ९ हजार ५ सय राशी बराबरको राहत दिने भएको हो ।
अघिल्लो महिना ट्रान्सपोर्ट सेवाले आवास विहिन तराई यातायात संघको अघिल्तिरको बस्तीको एउटा कुनामा जिवन बिताइरहेका गोपाल परिवारलाई करिब एक महिना पुग्ने खाद्यान्न सामग्री बितरण गरेको थियोभने यस महिना बारा,पथलैयाका १५ बर्षे सुमन लामालाई दशैँका लागी सम्पुर्ण किनमेलका सामग्री उपलब्ध गराएको छ । सुमन एचआइभी पिडित परिवारका छोरा हुन् ।
कक्षा ११ मा अध्ययनरत सुमनका बाबुले संक्रमणकै कारण ज्यान गुमाईसकेका छन्भने अहिले संक्रमित आमाको सहारामा उनी जिवन बिताउँछन् । उनलाई शुक्रबार करिव ६ हजार बरावरको दर्शै किनमेल समाग्री बितरण गरिएको ट्रान्सपोर्ट सेवाका संचालक केशव थापाले जानकारी दिए ।
थापाले प्रत्येक महिला बिपन्न परिवालाई राहत दिने घोषणा गरिएकाले आफ्ना वरपर सहारा बिहिन बिपन्न परिवार भए सम्पर्क गरिदिन समेत अर्का संचालक अरविन्द साहले आग्रह गरेका छन् ।
यो राहत रकम गाडी चालक,सहचालक, गाडी मालिक लगाएतबाट सानो सानो रकम जम्मा गरी गरिव परिवारलाई खुशी दिने अभियान शूरु गरिएको साहले बताए ।















