मौलापुरमा खुल्यो ‘भ्यान्टे कटेज एण्ड रेष्टुरेन्ट’

ए वान डेस्क
२ कार्तिक २०७७, आईतवार २१:२९

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ मा आजदेखि भ्यान्टे कटेज एण्ड रेष्टुरेन्ट सञ्चालनमा आएको छ । पुर्व जनमुक्ति सेनासमेत रहनुभएका समाजसेवी जिवन खतिवडाको लगानीमा वडा नम्बर १४ स्थित मौलापुरमा आजदेखि रेष्टुरेन्ट सञ्चालनमा आएको हो ।

बैदेशीक रोजगारीबाट हालसालै स्वदेश फर्किनुभएका खेतिवडाले पारिवारिक वातावरणसहितको रेष्टुरेन्ट सञ्चालन गनुभएको हो । रेष्टुरेन्टको आज एक कार्यक्रमकाबिच नेपाल कम्युनिष्ट पार्टी नेकपाका बारा जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ अनिलले उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नम्बर २ का महासचिव मोहन शर्मा, वडा नम्बर १४ का वडा अध्यक्ष रामशरण बर्तौला, समाजसेवी भरत बहादुर खड्का लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेकपाका युवा नेता भरत भण्डारीले गर्नुभएको थियो ।

के के पाईन्छ त भ्यान्टे कटेज एण्ड रेष्टुरेन्टमा ?

करिव ५० लाख लगानी रहेको सो रेष्टुरेन्ट पारिवारिक वातावरणमा बनाईएको छ । आजदेखि सञ्चालनमा आएको रेष्टुरेन्टमा अर्डर अनुसार सबै परिकार बनाईने सञ्चालक जिवन खतिवडाले ए वान समाचारलाई बताउनुभयो ।

पर्यटकीय क्षेत्रलाई समेत बढावा दिने गरी खोलिएको रेष्टुरेन्टमा लोकल कुखुराको मासु, फापरको ढिडो, हास, बट्टाई लगायत पाईने सञ्चालक खवितडाले बताउनुभयो । खतिवडाका अनुसार ट्रि हाउसमा बसेर पनि रमाईलो गर्न सकिनेछ ।

ट्रि हाउसमार्फत छेउछाउमा रहेका पर्यटकीय क्षेत्रहरु सहजै देख्न सकिने भएकाले पनि रेष्टुरेन्टबाट सबैले भरपुर मनोरञ्जन लिन सक्ने उहाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*