समाजसेवी गुप्ताले गरे दुर्गा माताको मुर्तिको उद्घाटन

ए वान डेस्क
७ कार्तिक २०७७, शुक्रबार २०:०३

ए वान डेस्क

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा स्थापना गरिएको दुर्गा माताको मुर्तिको आज उद्घाटन गरिएको छ । नव दुर्गा युवा क्लबले निर्माण गरेको मुर्तिको आज उद्घाटन गरिएको हो ।

नवरात्रको ७ औ दिन फुलपातिको अवसरमा आयोजित एक कार्यक्रमकाबिच समाजसेवी तथा नेपाली काग्रेसका नगर सभापति श्यामबाबु गुप्ताले मुर्तिको उद्घाटन गर्नुभएको हो । फुलपातिको दिन विधिवत रुपमा मुर्तिको उद्घाटन गर्दै नगर सभापति गुप्ताले बडा दशैको शुभकामना व्यक्त गर्नुभयो ।

सो अवसरमा गुप्ताले सबैको शुख शान्ति एवं समृद्धिको समेत कामना गर्नुभयो । मुर्तिको उद्घाटन कार्यक्रममा नेपालका चर्चित गायक कमल के क्षेत्रीले पनि सबैलाई बडा दशैको शुभकामना व्यक्त गर्नुभएको थियो ।

यसैबिच, नव दुर्गा युवा क्लबका अध्यक्ष हरि चौधरीले सो अवसरमा सहभागि सबैलाई धन्यवाद् ज्ञापन गर्नुभएको थियो । सबैको साथ र सहयोगले आजसम्म सभ्य र भब्य रुपमा पुजा आरधना भईरहेको भन्दै उहाले बडा दशैको शुभकामना व्यक्त गर्नुभयो ।

सो अवसरमा सहभागि सम्पुर्ण प्रसाद वितरण गरिएको थियो ।

उद्घाटन कार्यक्रममा समाजसेवी हिरा बस्नेत, गायक तथा संगितकार विकास पाण्डे, पत्रकार श्याम गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*