जीतपुरसिमरामा जनता मा.विका पुर्व बिद्यार्थीले गरे डस्टबिन सहयोग

ए वान डेस्क
३ मंसिर २०७७, बुधबार ११:४०

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको जनता माद्ययमिक विद्यालयको २०६७ एसएल्सी ब्याचका बिद्यार्थीहरुले बिभिन्न स्थानमा डस्टबिन सहयोग गरेका छन् । बिगत लामो समयदेखि सामाजिक क्रियाकलापमा सक्रिय २०६७ एसएल्सी ब्याचले शुभ दिपावलीको अवसरमा डस्टबिन सहयोग गरेको हो ।

२०६७ ब्याचका बिद्यार्थीहरुले वडा नम्बर १४ र ११ को बिभिन्न स्थानमा डस्टबिन सहयोग गरेको हो । प्रत्यक बर्ष सामाजिक कार्य गर्ने उदेश्य अनुरुप यसबर्ष बिभिन्न १२ स्थानमा डस्टबिन राखिएको एसएल्सी ब्याचका बिद्यार्थी सागर दाहालले जानकारी दिनुभयो ।

यसअघि डस्टबिन सहयोग तथा शुभकामना आदान प्रदान कार्यक्रमको वडा नम्बर १४ का वडा अध्यक्ष रामशरण बर्तौलाले उद्घाटन गर्नुभएको थियो । रजघट्टा चोकमा भएको कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष भरत खड्का, प्राचार्य राजु अधिकारी, शिक्षक बरुण गौतम, समाजसेवी भरत भण्डारी, शिक्षक झपेन्द्र बराल, समाजसेवी प्रदिप बराल, समाजसेवी रुद्र न्यौपाने लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

एसएल्सी ब्याचका बिद्यार्थी दिपक ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रदिप गौतमले गर्नुभएको थियो । कार्यक्रममा मञ्जु क्षेत्रीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

 

यसैबिच, सोही दिन चितवनको सौराहामा रहेको सौराहा ब्रोदर सप्लायर्सले पनि वडा नम्बर १४ को जोर्लाहीमा २ वटा डस्टबिन सहयोग गरेको छ । सरसफाई अभियानलाई थप मदत पुर्याउन जोर्लाहीमा २ वटा डस्टबिन राखिएको सप्लायर्सका सञ्चालक आयुष सापकोटाले जानकारी दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*