जीतपुरसिमरामा मंसिर १३ देखि दोस्रो भेट्रान कप हुने

ए वान डेस्क
५ मंसिर २०७७, शुक्रबार १७:३१

ए वान डेस्क /

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा दोस्रो भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ । कोशेली एण्ड हुलास फुटबल क्लबको आयोजनामा वडा नम्बर २ को गैर टोलमा भेट्रान कप हुने भएको हो ।

गैरी टोलको खेल मैदानमा हुने फुटबल प्रतियोगिता यही मंसिर १३ गतेदेखि शुरु हुने प्रतियोगिता मुल आयोजक समारोह समितिका संयोजक सोमलाल बोम्जनले जानकारी दिनुभयो ।

गैरी टोलको खेल मैदानमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक बोम्जनले मंसिर २५ गतेसम्म खेल सञ्चालन हुने जानकारी दिनुभयो । १० वटा टिमको सहभागि हुने प्रतियोगिताको बिजेताले नगद ३० हजार रुपैया र उप बिजेताले २० हजार रुपैया पाउने बोम्जनले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्र्रत्यक दिन म्यान अफ द म्याच, हाईस्कोरर, म्यान अफ द सिरिज, बेस्ट परफमेन्स, बेस्ट डिफेन्स, बेस्ट गोल किपरको उपाधी दिईने प्रतियोगिताका सचिव सुरज लामाले जानकारी दिनुभयो । पत्रकार सम्मेलनका बिच अभिषेस टेर्डिङ एण्ड सर्भिश सप्लायर्सले आयोजक क्लबलाई जर्सि हस्तान्तरण गरेको थियो । सोही अवसरमा समाजसेवी दिपक भण्डारीले ४ थान बल आयोजकलाई हस्तान्तरण गर्नुभएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिताका संयोजक सोमलाल बोम्जनले प्रतियोगिता सम्पन्न गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । एक्लो प्रयासले मात्र प्रतियोगिता सम्पन्न नहुने भन्दै उहाले सबै क्षेत्र र निकायको सहयोग आवश्यक रहेको बताउनुभयो । बिगतका बर्षमा पनि सबैको साथ र सहयोग आफुहरुले पाएकोभन्दै उहाले यसबर्ष पनि आउने आशा व्यक्त गर्नुभयो ।

पत्रकार सम्मेलनमा जीतपुरसिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेलले खेल सम्पन्न गर्न सबै एक जुट हुनुपर्ने बताउनुभयो । आर्थिक समितिका संयोजक अमृतलाल श्रेष्ठले सबैलाई समेटेर खेल सञ्चालन गर्नुपर्ने बताउनुभयो । नेकपाका नेता रविन्द्र खकुरेलले पनि सो अवसरमा शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा समाजसेवी भरत भुर्तेल, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*