औराहामा उपभोक्ता सहकारीको ‘गति सिमित’ बोर्ड
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहामा औराहा उपभोक्ता सहकारी संस्था लिमिटेडले गति सिमित बोर्ड राखेको छ । अत्याधिक रुपमा हुने गरेको सडक दुर्घटना न्युनिकरण गर्ने उदेश्यका साथ संस्थाले गति सिमित बोर्ड राखेको हो ।
सामाजिक क्रियाकलापलाई निरन्तर्ता दिने उदेश्य अनुरुप औराहा चोकबाट १०० मिटर छेउको दाया बाया दुवैतर्फ गति सिमितको बोर्ड राखिएको संस्थाका अध्यक्ष पुर्णचन्द्र तिमल्सिनाले जानकारी दिनुभयो । ‘बिस्तारै गए अवस्य पुगिन्छ, हतार गरे भन्न सकिन्न’ भन्ने नारा अंकित बोर्ड बिद्यालय क्षेत्रलाई लक्षित गरी राखिएको अध्यक्ष तिमल्सिनाले बताउनुभयो ।
बोर्डको जीतपुरसिमरा उपमहानगरपालिकाकी उप प्रमुख सरस्वती देवी चौधरीले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा वडा नम्बर ४ का वडा अध्यक्ष ईश्वर के.सीसहित बिभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन संस्थाका धन प्रसाद बजगाईले गर्नुभएको थियो ।























