जीतपुरसिमरामा हुने दोस्रो भेट्रान कपको सम्पुर्ण तयारी पुरा

ए वान डेस्क
१२ मंसिर २०७७, शुक्रबार १६:२०

ए वान डेस्क÷
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा भोलिदेखि शुरु हुन लागेको दोस्रो भेट्रान कप २०७७ को सम्पुर्ण तयारी पुरा भएको छ । वडा नम्बर २ को गैरी टोल खेल मैदानमा हुन लागेको प्रतियोगिताबारे जानकारी दिदै आयोजक कोशेली एण्ड हुलास फुटबल क्लबले सम्पुर्ण तयारी पुरा भएको जनाएको हो ।

प्रतियोगिता मुल आयोजक समारोह समितिका संयोजन सोमलाल बोम्जनले प्रतियोगिताको भोलि एक कार्यक्रमकाबिच उद्घाटन गरिने जानकारी दिनुभयो । प्रतियोगिताको बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य सुन्दर बिश्वकर्माले उद्घाटन गर्ने कार्यक्रम छ । भोलिदेखि शुरु हुने प्रतियोगिता मंसिर २० गतेसम्म चल्नेछ ।

प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहने संयोजक बोम्जनले जानकारी दिनुभयो । प्रतियोगितामा हाम्रो फुटबल क्लब विरगञ्ज, मकवानपुर भेट्रान मकवानपुर, बिरगञ्ज युथ एकेडेमी भेट्रान, बकुलिया भेट्रान, सिमरा भेट्रान, कोल्हवी भेट्रान, हेटौडा फुटसल भेट्रान, भेट्रानसिटि भेट्रान विरगञ्ज, जैतापुर भेट्रान, विकाशशील भेट्रान, डुमरवाना भेट्रान र आयोजक हुलास फुटबल क्लबले सहभागिता जनाउने संयोजक बोम्जनले जानकारी दिनुभयो ।

प्रतियोगिताको बिजेताले ३० हजार रुपैया र उप बिजेताले २० हजार रुपैया नगद पाउनेछ । प्रतियोगितामा प्र्रत्यक दिन म्यान अफ द म्याच, हाईस्कोरर, म्यान अफ द सिरिज, बेस्ट परफमेन्स, बेस्ट डिफेन्स, बेस्ट गोल किपरको उपाधी दिईने प्रतियोगिताका सचिव सुरज लामाले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*