दोस्रो भेट्रान कप २०७७ : आज दुई खेल हुने

ए वान डेस्क
१४ मंसिर २०७७, आईतवार १०:१७

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा जारी दोस्रो भेट्रान कप २०७७ मा आज दुई हुदैछ । आयोजक कोशेली एण्ड हुलास फुटबल क्लबले दिएको जानकारी अनुसार आज दुई खेल हुने भएको हो ।

गैरी टोल खेल मैदानमा आज दिउसो २ बजे विरगञ्ज युथ एकेडेमी विरगञ्ज र बकुलिया भेट्रानबिच पहिलो खेल हुनेछ । दोस्रो खेल भने हेटौडा फुटसल भेट्रान र भेट्रानसिटि भेट्रान विरगञ्जबिच दिउसो ३ बजे हुने आयोजकले जनाएको छ ।

यसअघि हिजो भएको उद्घाटन खेलमा मकवानपुर भेट्रान मकवानपुर विजयी भएको थियो । हाम्रो फुटबल क्लब विरगञ्जलाई ४–१ गोल अन्तरले पराजित गर्दै मकवानपुर विजयी भएको हो । प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा हाम्रो फुटबल क्लब विरगञ्ज, मकवानपुर भेट्रान मकवानपुर, बिरगञ्ज युथ एकेडेमी भेट्रान, बकुलिया भेट्रान, सिमरा भेट्रान, कोल्हवी भेट्रान, हेटौडा फुटसल भेट्रान, भेट्रानसिटि भेट्रान विरगञ्ज, जैतापुर भेट्रान, विकाशशील भेट्रान, डुमरवाना भेट्रान र आयोजक हुलास फुटबल क्लबले सहभागिता जनाउने प्रतियोगिता संयोजक सोमलाल बोम्जनले जानकारी दिनुभयो । प्रतियोगिताको बिजेताले ३० हजार रुपैया र उप बिजेताले २० हजार रुपैया नगद पाउनेछ ।

प्रतियोगितामा प्र्रत्यक दिन म्यान अफ द म्याच, हाईस्कोरर, म्यान अफ द सिरिज, बेस्ट परफमेन्स, बेस्ट डिफेन्स, बेस्ट गोल किपरको उपाधी दिईने प्रतियोगिताका सचिव सुरज लामाले जानकारी दिनुभयो । दोस्रो भेट्रान कप २०७७ को बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य सुन्दर बिश्वकर्माले हिजो एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*