दोस्रो भेट्रान कप २०७७ मा आज विरगञ्ज र हेटौडा विजयी

ए वान डेस्क
१४ मंसिर २०७७, आईतवार १७:५८

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा जारी दोस्रो भेट्रान कप २०७७ मा आज विरगञ्ज युथ एकेडेमी विरगञ्ज विजयी भएको छ । गैरी टोल खेल मैदानमा आज भएको पहिलो खेलमा आज बकुलिया भेट्रानलाई ३–० गोल अन्तरले पराजित गर्दै विरगञ्ज विजयी भएको हो ।

विरगञ्जका लागी जर्सि नम्बर १४ का सनाहुल अंसारीले पहिलो हाफको १२औ मिनेटमा पहिलो गोल गरेका थिए । विरगञ्जकै लागी जर्सि नम्बर ४ का उमेश श्रेष्ठले दोस्रो हाफको १३औ मिनेटमा दोस्रो गोल गर्न सफल भए । यसैगरी जर्सि नम्बर जर्सि नम्बर १० का मेघराज श्रेष्ठले १८ मिनेटमा थप एक गोल गरेका थिए ।

निर्धारित ४० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । प्रतियोगिता अन्र्तगत आजको म्यान अफ द म्याच विरगञ्जका जर्सि नम्बर ८ का चक्रधारी चौधरी घोषित भए ।

उनलाई कार्यक्रमका प्रमुख अतिथि जित बहादुर मोक्तानले म्यान अफ द म्याचको उपहार प्रदान गरेका थिए । आजको पहिलो खेलको बिजेताले मकवानपुर भेट्रान मकवानपुरसंग मंसिर १६ गते प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्र्तगत आज भएको दोस्रो खेलमा हेटौडा फुटसल हेटौडा विजयी भएको छ । भेट्रानसिटि भेट्रान विरगञ्जलाई २–१ गोल अन्तरले पराजित गर्दै हेटौडा विजयी भएको हो । हेटौडाको लागी पहिलो गोल जर्सि नम्बर ८ का सुरज गुरुङले पहिलो हाफको ३ मिनेटमै गोल गरेका थिए भने जर्सि नम्बर १० का रबिन्द्र श्रेष्ठले दोस्रो हाफको १५औ मिनेटमा दोस्रो गोल गरेका थिए ।

यता, विरगञ्जका लागी प्रकास श्रेष्ठले दोस्रो हाफको १८औ मिनेटमा १ एक गोल गरेका थिए । प्रतियोगिता अन्र्तगत हेटौडाका हर्क गुरुङ म्यान अफ द म्याच घोषित भए ।

भोलि पनि दुई खेल

प्रतियोगिता अन्र्तगत भोलि पनि दुई खेल हुदैछ । दिउसो २ बजे हुने पहिलो खेलमा कोल्हवी भेट्रान र सिमरा भेट्रानबिच प्रतिस्पर्धा हुनेछ । यसैगरी ३ बजे हुने दोस्रो खेलमा जैतापुर भेट्रान विकाशशिल भेट्रानबिच खेल हुने आयोजक क्लबले जनाएको छ । प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा हाम्रो फुटबल क्लब विरगञ्ज, मकवानपुर भेट्रान मकवानपुर, बिरगञ्ज युथ एकेडेमी भेट्रान, बकुलिया भेट्रान, सिमरा भेट्रान, कोल्हवी भेट्रान, हेटौडा फुटसल भेट्रान, भेट्रानसिटि भेट्रान विरगञ्ज, जैतापुर भेट्रान, विकाशशील भेट्रान, डुमरवाना भेट्रान र आयोजक हुलास फुटबल क्लबको सहभागिता रहेको प्रतियोगिता संयोजक सोमलाल बोम्जनले जानकारी दिनुभयो । प्रतियोगिताको बिजेताले ३० हजार रुपैया र उप बिजेताले २० हजार रुपैया नगद पाउनेछ ।

प्रतियोगितामा प्र्रत्यक दिन म्यान अफ द म्याच, हाईस्कोरर, म्यान अफ द सिरिज, बेस्ट परफमेन्स, बेस्ट डिफेन्स, बेस्ट गोल किपरको उपाधी दिईने प्रतियोगिताका सचिव सुरज लामाले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*