दोस्रो भेट्रान कप २०७७ : आज को–को भिड्दैछन् ?

ए वान डेस्क
१५ मंसिर २०७७, सोमबार ०८:२२

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा जारी दोस्रो भेट्रान कप २०७७ मा आज पनि दुई वटा खेल हुदैछ । आयोजक कोशेली एण्ड हुलास क्लबका अनुसार गैरी टोल खेल मैदानमा हुन लागेको प्रतियोगितामा आज पनि दुई खेल हुने भएको हो ।

पहिलो खेल दिउसो २ बजे र दोस्रो खेल दिउसो ३ बजे हुने आयोजक समितिका संयोजक सोमलाल बोम्जनले जानकारी दिनुभयो । दिउसो २ बजे हुने पहिलो खेलमा कोल्हवी भेट्रान र सिमरा भेट्रानबिच प्रतिस्पर्धा हुनेछ । यसैगरी ३ बजे हुने दोस्रो खेलमा जैतापुर भेट्रान विकाशशिल भेट्रानबिच खेल हुने आयोजक क्लबले जनाएको छ ।

यसअघि हिजो भएको खेलमा विरगञ्ज र हेटौडा विजयी भएको थियो । बकुलिया भेट्रानलाई ३–० गोल अन्तरले पराजित गर्दै विरगञ्ज विजयी भएको थियो भने भेट्रानसिटि भेट्रान विरगञ्जलाई २–१ गोल अन्तरले पराजित गर्दै हेटौडा विजयी भएको थियो । प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा हाम्रो फुटबल क्लब विरगञ्ज, मकवानपुर भेट्रान मकवानपुर, बिरगञ्ज युथ एकेडेमी भेट्रान, बकुलिया भेट्रान, सिमरा भेट्रान, कोल्हवी भेट्रान, हेटौडा फुटसल भेट्रान, भेट्रानसिटि भेट्रान विरगञ्ज, जैतापुर भेट्रान, विकाशशील भेट्रान, डुमरवाना भेट्रान र आयोजक हुलास फुटबल क्लबको सहभागिता रहेको प्रतियोगिता संयोजक सोमलाल बोम्जनले जानकारी दिनुभयो । प्रतियोगिताको बिजेताले ३० हजार रुपैया र उप बिजेताले २० हजार रुपैया नगद पाउनेछ ।

प्रतियोगितामा प्र्रत्यक दिन म्यान अफ द म्याच, हाईस्कोरर, म्यान अफ द सिरिज, बेस्ट परफमेन्स, बेस्ट डिफेन्स, बेस्ट गोल किपरको उपाधी दिईने प्रतियोगिताका सचिव सुरज लामाले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*