दोस्रो भेटान कप : आज पनि दुई खेल हुने

ए वान डेस्क
१७ मंसिर २०७७, बुधबार ०८:३९

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा जारी दोस्रो भेट्रान कप २०७७ मा आजपनि दुई खेल भएको छ । गैरी टोल खेल मैदानमा हुने प्रतियोगितामा आज पनि दुई वटा टिम प्रतिस्पर्धा गर्ने भएका हुन् ।

दिउसो २ बजे हुने पहिलो खेलमा सिमरा भेट्रान सिमरा र विरगञ्ज युथ एकेडेमी भेट्रानबिच प्रतिस्पर्धा हुनेछ । दुई टिमबिचको बिजेता फाईनलमा प्रवेश गर्नेछ ।

यसैगरी दिउसो ३ बजे हुने दोस्रो खेलमा हेटौडा फुटसल भेट्रान र जैतापुर भेट्रानबिच प्रतिस्पर्धा हुनेछ । दुई टिमको बिजेताले फाईनल प्रवेशका लागी हिजोको बिजेता डुमरवाना भेट्रानसंग प्रतिस्पर्धा गर्ने आयोजक कोशेली एण्ड हुलास फुटबल क्लबले जनाएको छ । यसअघि हिजो भएको खेलमा विरगञ्ज र डुमरवाना विजयी भएको थियो ।

पहिलो खेलमा मकवानपुर भेट्रान मकवानपुरलाई १–० गोल अन्तरले पराजित गर्दै विरगञ्ज युथ एकेडेमी भेट्रान विजयी भएको थियो भने दोस्रो खेलमा आयोजक हुलास फुटबल क्लबलाई पराजित गर्दै डुमरवाना भेट्रान विजयी भएको थियो । प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा हाम्रो फुटबल क्लब विरगञ्ज, मकवानपुर भेट्रान मकवानपुर, बिरगञ्ज युथ एकेडेमी भेट्रान, बकुलिया भेट्रान, सिमरा भेट्रान, कोल्हवी भेट्रान, हेटौडा फुटसल भेट्रान, भेट्रानसिटि भेट्रान विरगञ्ज, जैतापुर भेट्रान, विकाशशील भेट्रान, डुमरवाना भेट्रान र आयोजक हुलास फुटबल क्लबको सहभागिता रहेको प्रतियोगिता संयोजक सोमलाल बोम्जनले जानकारी दिनुभयो । प्रतियोगिताको बिजेताले ३० हजार रुपैया र उप बिजेताले २० हजार रुपैया नगद पाउनेछ ।

प्रतियोगितामा प्र्रत्यक दिन म्यान अफ द म्याच, हाईस्कोरर, म्यान अफ द सिरिज, बेस्ट परफमेन्स, बेस्ट डिफेन्स, बेस्ट गोल किपरको उपाधी दिईने प्रतियोगिताका सचिव सुरज लामाले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*