दोस्रो भेट्रान कप : आज फाईनल प्रवेशका लागी हेटौडा र डुमरवाना भिड्ने

ए वान डेस्क
१८ मंसिर २०७७, बिहीबार १०:०६

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा जारी दोस्रो भेट्रान कप २०७७ मा आज अन्तिम सेमिफाईनल खेल हुदैछ । हुलास अगाडी रहेको गैरी टोल खेल मैदानमा हुने प्रतियोगितामा आज एक मात्र खेल हुन लागेको हो ।

फाईनल प्रवेशका लागी आज हुन लागेको खेलमा हेटौडा फुटसल भेट्रान र डुमरवाना भेट्रानबिच प्रतिस्पर्धा हुनेछ । दुई टिम बिचको खेल दिउसो ३ बजेदेखि शुरु हुने आयोजक समितिका संयोजक सोमलाल बोम्जनले जानकारी दिनुभयो ।

आजको बिजेताले दोस्रो भेट्रान कपको उपाधीका लागी शनिवार विरगञ्ज युथ एकेडेमी भेट्रानबिच फाईनल खेल हुनेछ । यसअघि हिजो भएको खेलमा सिमरा भेट्रानलाई ३–१ गोल अन्तरले पराजित गर्दै विरगञ्ज फाईनलमा प्रवेश गरेको हो । यसैगरी हिजो नै भएको दोस्रो खेलमा हेटौडा फुटसल भेट्रानले जैतापुर भेट्रानलाई ५–० गोल अन्तरले पराजित गरेको थियो ।

प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा हाम्रो फुटबल क्लब विरगञ्ज, मकवानपुर भेट्रान मकवानपुर, बिरगञ्ज युथ एकेडेमी भेट्रान, बकुलिया भेट्रान, सिमरा भेट्रान, कोल्हवी भेट्रान, हेटौडा फुटसल भेट्रान, भेट्रानसिटि भेट्रान विरगञ्ज, जैतापुर भेट्रान, विकाशशील भेट्रान, डुमरवाना भेट्रान र आयोजक हुलास फुटबल क्लबको सहभागिता रहेको प्रतियोगिता संयोजक सोमलाल बोम्जनले जानकारी दिनुभयो ।

प्रतियोगिताको बिजेताले ३० हजार रुपैया र उप बिजेताले २० हजार रुपैया नगद पाउनेछ । प्रतियोगितामा प्र्रत्यक दिन म्यान अफ द म्याच, हाईस्कोरर, म्यान अफ द सिरिज, बेस्ट परफमेन्स, बेस्ट डिफेन्स, बेस्ट गोल किपरको उपाधी दिईने प्रतियोगिताका सचिव सुरज लामाले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*