दोस्रो भेट्रान कप २०७७ : हेटौडा फाईनलमा प्रवेश

ए वान डेस्क
१८ मंसिर २०७७, बिहीबार १७:२३

ए वान डेस्क /

हेटौडा फुटसल भेट्रान जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा जारी दोस्रो भेट्रान कप २०७७ को फाईनलमा प्रवेश गरेको छ । गैरी टोल खेल मैदानमा आज भएको अन्तिम सेमिफाईनल खेलमा डुमरवाना भेट्रानलाई पराजित गर्दै हेटौडा फुटसल भेट्रान फाईनलमा प्रवेश गरेको हो ।

निर्धारित ४० मिनेटको खेलमा डुमरवाना भेट्रानलाई २–१ गोल अन्तरले पराजित गर्दै हेटौडा फुटसल भेट्रान विजयी भएको हो । हेटौडाका लागी धर्मेन्द्र राज शाहीले १ र सुरज गुरुङले एक एक गोल गरेका थिए ।

यता, डुमरवाना भेट्रानका लागी भरत शिल्वालले १ गोल गरेका थिए । प्रतियोगिता अन्र्तगत हेटौडाका धर्मेन्द्र राज शाही म्यान अफ द म्याच घोषित भए । उनलाई नेकपा प्रदेश नम्बर २ का प्रदेश कमिटि सदस्य राजन पौडेलले म्यान अफ द म्याचको उपहार प्रदान गर्नुभएको थियो ।

अब उपाधीका लागी आजको विजयी टिमले विरगञ्ज युथ एकेडेमीसंग शनिवार हुने फाईनल खेलमा प्रतिस्पर्धा गर्नेछ । फाईनल खेल शनिवार मध्यान्नह १२ बजे हुने आयोजक समितिका संयोजक सोमलाल बोम्जनले जानकारी दिनुभयो । प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा हाम्रो फुटबल क्लब विरगञ्ज, मकवानपुर भेट्रान मकवानपुर, बिरगञ्ज युथ एकेडेमी भेट्रान, बकुलिया भेट्रान, सिमरा भेट्रान, कोल्हवी भेट्रान, हेटौडा फुटसल भेट्रान, भेट्रानसिटि भेट्रान विरगञ्ज, जैतापुर भेट्रान, विकाशशील भेट्रान, डुमरवाना भेट्रान र आयोजक हुलास फुटबल क्लबको सहभागिता रहेको प्रतियोगिता संयोजक सोमलाल बोम्जनले जानकारी दिनुभयो । प्रतियोगिताको बिजेताले ३० हजार रुपैया र उप बिजेताले २० हजार रुपैया नगद पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*