दोस्रो भेट्रान कप : हेटौडा बिजेता, विरगञ्ज उप–बिजेता

ए वान डेस्क
२० मंसिर २०७७, शनिबार १७:२८

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा सञ्चालित दोस्रो भेट्रान कप २०७७ को उपाधी हेटौडा फुटसल भेट्रानले उचालेको छ । गैरी टोल खेल मैदानमा आज भएको फाईनल खेलमा विरगञ्ज युथ एकेडेमी भेट्रानलाई ३–१ गोल अन्तरले पराजित गर्दै हेटौडाले प्रतियोगिताको उपाधी उचालेको हो ।

बिजेता हेटौडा फुटसल क्लबले नगद ३० हजार प्राप्त गरेको छ भने उप बिजेता विरगञ्ज युथ एकेडेमी भेट्रानले नगद २० हजार प्राप्त गर्यो । निर्धारित ५० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । प्रतियोगिता अन्र्तगत हेटौडाले पहिलो हाफअघि १ गोल गरेको थियो भने दोस्रो हाफपछि लगातार दोस्रो गोल गर्न सफल भयो ।

यता, विरगञ्ज युथ एकेडेमी भेट्रानले दोस्रो हाफपछि एक गोल गरेको थियो । प्रतियोगिता अन्र्तगत आजको म्यान अफ द म्याच हेटौडाका जर्सि नम्बर ११ अरबेन्द्र राज शाही घोषित भए । प्रतियोगिताको हाईस्कोरर हेटौडाका जर्सि नम्बर ८ का सुरज गुरुङ घोषित भए । उनले प्रतियोगिता अवधीभर हेटौडाका लागी ६ गोल गरेका थिए ।

यसैगरी प्रतियोगिताको बेस्ट डिफेन्स हेटौडाका जर्सि नम्बर ७ का मनोज लामा, बेस्ट गोल किपर डुमरवाना र म्यान अफ द सिरिज विरगञ्जका कृष्ण साक्य घोषित भए । बिजेता र उप बिजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि पुर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले नगद राशीसहित ट्रफी र मेडल हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रमको समापन कार्यक्रममा बोल्दै पुर्व मन्त्री पौडेलले खेल क्षेत्रको विकास गर्न सरकारले बिशेष ध्यान दिनुपर्ने बताउनुभयो । तिनै तहका सरकारले खेल क्षेत्रको विकास गर्न चासो र चिन्ता व्यक्त गर्नुपर्ने भन्दै पौडेलले खेल क्षेत्रमार्फत समाजको विकास गर्न मद्धत पुग्ने बताउनुभयो । कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य शोभा लामाले खेल क्षेत्रको विकास गर्न आगामी दिनमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य दिनेश राईले फुटबल खेल आजको आवश्यक्ता भएको बताउनुभयो । नेकपाका जिल्ला अध्यक्ष अनिल श्रेष्ठले युवाहरुको अग्रसरता निकै प्रशंसायोग्य रहेको बताउनुभयो । सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेलले सभ्य र भब्य रुपमा खेल सम्पन्न भएको भन्दै बधाई ज्ञापन गर्नुभयो । जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले सबैको साथ र सहयोगले खेल सफल्ता पुर्वक सम्पन्न भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

समापन कार्यक्रममा प्रतियोगिता मुल आयोजक समारोह समितिका संयोजक सोमलाल बोम्जनले सबैको साथ र सहयोगले प्रतियोगिता सम्पन्न भएको भन्दै आगामी दिनमा पनि यस्तै साथ र सहयोगको आवश्यक्ता औल्याउनुभयो । समापन कार्यक्रमको सञ्चालन अनिस अधिकारीले गर्नुभएको थियो ।

कार्यक्रमका बिच प्रतियोगिता सफल्ता पुर्वक सम्पन्न गर्न सहयोग गर्ने बिभिन्न संघ संस्था, व्यक्ति बिशेष लगायतका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । यसबर्ष झै आगामी बर्ष पनि भब्य रुपमा तेस्रो भेट्रान कप २०७८ गरिने प्रतियोगिताका सचिव सुरज लामाले जानकारी दिनुभयो । उहाले सहयोग गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*