सिमरामा खुल्यो ‘व्रिज एजुकेशन फाउण्डेशन’
ए वान डेस्क /
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा व्रिज एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । वडा नम्बर २ स्थित सिमराको मुख्य चोकमा अवस्थित फाउण्डेशको एक कार्यक्रमकाबिच उद्घाटन गरिएको छ ।
शाखा बिस्ता भएसंगै अब वैदेशीक अध्ययनको सम्पुर्ण काम सिमराबाटै हुने भएको छ । यसले यस क्षेत्रको शैक्षित्र विकासमा थप टेवा पुग्ने एभरग्रिन ईङलिस बोर्डिङ स्कुलका प्रधानाध्यापक तथा समाजसेवी राजेन्द्र कडेलले बताउनुभयो ।
फाउण्डेशनको उद्घाटन गर्दै कडेलले कनसलटेन्सी क्षेत्रमा रहेका समस्याहरुको समाधान गर्नुका साथै युवाहरुलाई ठुलो राहत पुग्ने बिश्वास व्यक्त गर्नुभयो । सो अवसरमा संस्थाकी सबिता कडेलले शैक्षिक क्षेत्रमा व्रिज एजुकेशनले नया आयाम स्थापित गरेको बताउनुभयो ।
फाउण्डेशनबाट बिभिन्न भाषाको सिकाईमा दक्षता प्रदान गरिनुको साथै बैदेशीक यात्राको निम्ति बिभिन्न तालिम आयोजना गरिने संस्थापक अशोक कडेलले जानकारी दिनुभयो ।























