२ करोडको लगानीमा सिमरामा खुल्यो ‘म्युजिक बार एण्ड रेष्ट्रो’

ए वान डेस्क
३० मंसिर २०७७, मंगलवार १९:०६

प्रदेश नम्बर २ मा अहिलेसम्म कै सबैभन्दा ठुलो एवं सुविधा सम्पन्न लाउन्ज ईभेन्ट्स एण्ड म्युजिक बार सञ्चालनमा आएको छ । २ करोड भन्दा बढिको लगानीमा बाराको सिमरामा सुविधा सम्पन्न लाउन्ज ईभेन्ट्स एण्ड म्युजिक बार सञ्चालनमा आएको हो ।

वडा नम्बर २ स्थित सिमराको सुर्य नेपाल अगाडी प्याराडाईज लाउन्ज ईभेन्ट्स एण्ड म्युजिक बार सञ्चालनमा आएको हो । बारमा प्रदेश नम्बर २ मै पहिलो पटक अत्याधुनिक साउण्ड र लाईटको व्यवस्था रहेको छ । बारमा प्रत्यक आईतबार, बुधबार, बिहिबार, शुक्रबार र शनिवार गजल साझ हुनेछ ।

सांगितिक माहोलमा झुम्न सुविधा सम्पन्न म्युजिक बारसहित रेष्टुरेन्टको पनि मज्जा लिन सकिने सञ्चालन राजन उप्रेतीले ए वान समाचारलाई जानकारी दिनुभयो ।

यस्तो छ बिशेषता

सोमबार र मंगलवार बाहेक प्रत्यक्ष दिन लाईभ म्युजिक कार्यक्रम राखिएको छ । जसमा गजल, लाईभ म्युजिक, ब्याण्ड र अकेस्टिकको बिशेष मज्जा लिन सकिनेछ ।

हिन्दि, नेपाली र अग्रजी तिनै किशिमको सांगितिक माहोलमा झुम्न सकिने वातावारणसहितको बार सबै बर्गलाई लक्ष्ति गरेर सञ्चालन गरिएको सञ्चालक उप्रेतीले जानकारी दिनुभयो ।

अनुभवी सेफ

प्याराडाईज लाउन्ज ईभेन्ट्स एण्ड म्युजिक बारमा लामो समयदेखि अनुभवी सेफद्धारा तयार पारिएको बिभिन्न परिकारको स्वाद लिन सकिन्छ । काठमाण्डौमा अवस्थित पाच तारे होटलमा १७ बर्षसम्मको दक्ष एवं अनुभवी सेफद्धारा तयार पारिएको स्वाद लिन सकिने उप्रेतीले बताउनुभयो ।

त्यहा चाईनिज कन्टिनेन्टल, ईन्डियनका साथै टिपिकल नेपालीको स्वाद लिन सकिनेछ ।

एउटै थलोमा सबै

प्याराडाईज लाउन्ज ईभेन्ट्स एण्ड म्युजिक बारमा सभा, सम्मेलन, जन्मोत्सव, ब्रतबन्ध, विवाह, पार्टी आदी गर्न सकिनेछ । प्रयाप्त पार्किङको सुविधा रहेको प्याराडाईज लाउन्ज ईभेन्ट्स एण्ड म्युजिक बारमा सबै प्रकारका कार्यक्रम गर्न सकिने बारका सञ्चालक राजन उप्रेतीले जानकारी दिनुभयो ।

काठमाण्डौ र पोखराको सुविधा

सिमरामा सञ्चालित प्याराडाईज लाउन्ज ईभेन्ट्स एण्ड म्युजिक बारबाट काठमाण्डौ र पोखराको सुविधा लिन सकिने उप्रेतीले जानकारी दिनुभयो । विकसीत सहरको रुपमा स्थापित हुदै गएको सिमरामा खोलिएको प्याराडाईज लाउन्ज ईभेन्ट्स एण्ड म्युजिक बारबाट सबै किशिमको सेवा लिन सकिने उहाले बताउनुभयो ।

ठुला सहर काठमाण्डौ, पोखराबाट पाउने सेवा सुविधा यहा“बाट पनि पाउन सकिने सञ्चालक उप्रेतीले जानकारी दिनुभयो ।

प्याराडाईज लाउन्ज ईभेन्ट्स एण्ड म्युजिक बार बाहेक प्याराडाईज होटलले पनि लामो समयदेखि आफ्ना ग्राहक सामु बिशेष सेवा दिदै आएको छ । २५ भन्दा बढि स्विट रुमको व्यवस्था रहेको सो सुविधा सम्पन्न होटल आन्तरीक तथा बाह्य पर्यटकका लागी उपयुक्त बासस्थान रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*