अमलेखगञ्जमा १७ र १८ गते ‘पर्यटन महोत्सव’ हुने
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जमा २ दिने पर्यटन महोत्सव हुने भएको छ । वडा नम्बर २१ को आयोजनामा पुष १७ र १८ गते २ दिने पर्यटन महोत्सव हुन लागेको हो ।
अमलेखगञ्जको हात्तिसारस्थित पिक्निक स्पोर्टमा हुन लागेको महोत्सवको तयारी तिब्र रुपमा भईरहेको वडा अध्यक्ष कृष्ण ठकुरीले ए वान समाचारलाई जानकारी दिनुभयो । अग्रेजी बर्ष २०२१ को अवसर पारेर शुक्रबार र शनिवार पर्यटन महोत्सव आयोजना गर्न लागिएको वडा अध्यक्ष ठकुरीले बताउनुभयो ।
महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरुले आफ्नो प्रस्तुती देखाउनुका साथै पर्यटन प्रवद्र्धन सम्बन्धी बिभिन्न कार्यक्रम हुने उहाले बताउनुभयो । वडा नम्बर २१ ले गतबर्ष पनि हात्तिसारमै पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गरेको थियो ।
गतबर्ष झै यसबर्ष पनि पर्यटकीय क्षेत्रको रुपमा विकास हुदै गएको हात्तिसारलाई केन्द्रबिन्दुमा राखी पर्यटन महोत्सव गर्न लागिएको अध्यक्ष ठकुरीले बताउनुभयो । महोत्सवमा कलाकारको प्रस्तुतीसंगै, खानाका बिभिन्न स्टलहरु, पर्यटन प्रवद्र्धन सम्बन्धी बिभिन्न प्रचार सामाग्री राखिनेछ ।
यसबर्ष वडाले आफ्नै लगानीमा निर्माण गरेको अमलेखगञ्जको प्रवद्र्धनात्मक भिडियो सामाग्री सार्वजनिक गर्ने कार्यक्रम समेत रहेको अध्यक्ष ठकुरीले बताउनुभयो ।























