आज कति छ सुनचाँदीको मूल्य

ए वान डेस्क
९ पुष २०७७, बिहीबार ११:५३

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ९४ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच बिहीबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार तोलामा १२६५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा १२८० रुपैयाँमा कारोबार भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*