यी हुन् २५ सदस्यीय ओली मन्त्रिपरिषद, कार्यविभाजन (सूचीसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल विस्तार र पुर्नगठन गरेर २५ सदस्यीय बनाएका छन्।
उनले आठ मन्त्री र एक राज्यमन्त्री थपेका हुन्। एक मन्त्री र एक राज्यमन्त्रीलाई हटाएका छन् । योसँगै अब ओली सरकारमा मन्त्री र राज्यमन्त्री गरी २५ जना पुगेको छ।
सत्तारुढ दल नेकपा विभाजन भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। मन्त्रिपरिषद् विस्तारमा ८ मध्ये आफूलाई साथ दिने ५ जना पूर्वमाओवादी नेताहरुलाई समेटेका छन्।
तीन जना मन्त्री र एक जना राज्यमन्त्री पूर्व एमालेबाटै राखेका छन्।
संसद् विघटनपछि नेकपा विभाजनमा ओलीलाई साथ दिएका रामबहादुर थापा पहिला नै गृहमन्त्री छन्। यसबाहेक अन्तिम समयमा साथ दिएका पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी र दावा लामालाई प्रधानमन्त्री ओलीले मन्त्री बनाएका छन्। नेकपा विभाजनपछि दाहाल र नेपालले अगाडि बढाएको पार्टीमा दुई अध्यक्ष भएकोमा लिखित असन्तुष्टि राखेका साह पनि मन्त्री भएका हुन्।
बिहीबारको दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका अर्का नेता लामाले शुक्रबार युवा तथा खेलकुद मन्त्रीको शपथ लिएका हुन्। लामा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को प्रदेशसभा उम्मेदवारमा पराजित भएका थिए।
यस्तै, तत्कालीन माओवादीमा दाहाल निकट मानिएका चौधरीले श्रम मन्त्रालयको जिम्मेवारी लिएका छन्।
हेर्नुहोस् कसलाई कुन मन्त्रालय सूची