उत्सव चौलागाईको ‘हाँसेकै छैन’ युट्युबमा (भिडियोसहित)

ए वान डेस्क
१६ पुष २०७७, बिहीबार ११:३७

मकवानपुरका गीतकार उत्सव चौलागाईको म्युजिक भिडियो ‘हाँसेकै छैन’ सार्वजनिक भएको छ । टुवेल नोट्स नामक युट्यूब च्यानबाट उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

प्रबीण भेडवालको स्वरमा विकास पाण्डेको संगीत रहेको सो गीतलाई दीपक विश्वकर्माले एरेन्ज गरेका हुन् ।

लक्ष्मी बर्देवा र जीवन भट्टराईको निर्देशन रहेको सो म्युजिक भिडियो बुद्ध थापाले छायाँकन गरेका हुन् । बर्देवा, भट्टराई र अनुप न्यौपानेले अभिनय गरेको उक्त भिडियोमा ड्रोन प्रमोद श्रेष्ठले चलाएका हुन् ।

चौलागाईको यसअघि अन्य गीतहरु पनि बजारमा आइसकेको छ ।

चौलागाईको शब्दमा घनश्याम ढकाल र अस्मिता खड्काको स्वरमा ‘तिमी वीर हौ, तिमी साहसी हौ’ बोलको गीत सार्वजनिक भइसकेको छ । त्यसैगरी ‘तिम्रो मेरो पिरतीमा कस्को आँखा लाग्यो’, संजोग गौतमको स्वरमा बजारमा आइसकेको छ । ‘देखाउन नसकिने माया’ बोलको गीत चालागाईकै स्वरमा बजारमा आइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*