दोस्रो मिर्चैया महोत्सव २०७७ शुरु, जाने हैन हेर्न ?

ए वान डेस्क /
सर्लाहीको मिर्चैयामा दोस्रो मिर्चैया महोत्सव २०७७ शुरु भएको छ । बिगत लामो समयदेखि मेला महोत्सव गर्दै आएको द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ प्रा.लिको आयोजनामा हिजोदेखि दोस्रो मिर्चैया महोत्सव शुरु भएको हो ।
मिर्चैया नगरपालिका वडा नम्बर ७ मा हिजोदेखि शुरु भएको महोत्सव पुष २८ गतेसम्म चल्नेछ । देशका बिभिन्न जिल्लामा गरी झन्डै ४० वटा भन्दा बढि महोत्सव गरिसकेको द लिडले मिर्चैयामा दोस्रो पटक महोत्सव आयोजना गरेको हो ।
यसअघि केहि दिनअघि मात्रै द लिडले बाराको अमलेखगञ्जमा पनि २ दिने महोत्सव गरेको थियो । मिर्चैया महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बिशेष प्रस्तुती, मनोरञ्जनात्मक बाल उद्यान, ५० भन्दा बढि स्टलहरु, खानाका बिभिन्न परिकारहरु पाईने द लिडका अध्यक्ष बिमल खड्गीले ए वान समाचारलाई जानकारी दिनुभयो ।
खेलका बिभिन्न सामाग्रीहरु समेत महोत्सवम देख्न सकिने भन्दै अध्यक्ष खड्गीले महोत्सव अवलोकन गर्न सबैमा आग्रह गर्नुभयो ।