बाराका ‘एसपी’ पंगेनीको सरुवा, अब शाही आउने
ए वान डेस्क /
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक एसपी कृष्ण प्रसाद पंगेनीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले एसपी पंगेनीसहित ३० जनाको सरुवा गरेको हो ।
पंगेनीको महानगरीय अपराध महाशाखा काठमाण्डौमा सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उहाको ठाउमा दिपेन्द्र शाही प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न् बारा आउने भएका छन् ।
शाही यसअघि प्रहरी प्रधान कार्यालय घुम्ती पर्यटक प्रहरी कार्यालय नक्साल काठमाण्डौमा कार्यरत्त छन् ।















