फोटोमो यस्तो देखियो दोस्रो मिर्चैया महोत्सव २०७७

ए वान डेस्क
२४ पुष २०७७, शुक्रबार १०:५७

ए वान डेस्क /

सर्लाहीको मिर्चैयामा आयोजित दोस्रो मिर्चैया महोत्सव २०७७ आज तेस्रो दिन पनि जारी छ । द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ प्रा.लिको आयोजनामा पुष २१ गतेदेखि महोत्सव शुरु भएको हो ।

बिगत लामो समयदेखि देशका अधिकासं जिल्लामा मेला महोत्सव गर्दै आएको द लिडले निरन्तर्ता स्वरुप मिर्चैयामा दोस्रो महोत्सव आयोजना गरेको हो । मिर्चैया नगरपालिका वडा नम्बर ७ मा शुरु भएको महोत्सव पुष २८ गतेसम्म चल्नेछ ।

झन्डै ४० वटा भन्दा बढि महोत्सव गरिसकेको द लिडले मिर्चैयामा भब्य महोत्सव आयोजना गरेको हो । मिर्चैया महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बिशेष प्रस्तुती, मनोरञ्जनात्मक बाल उद्यान, ५० भन्दा बढि स्टलहरु, खानाका बिभिन्न परिकारहरु पाईने द लिडका अध्यक्ष बिमल खड्गीले ए वान समाचारलाई जानकारी दिनुभयो ।

खेलका बिभिन्न सामाग्रीहरु समेत महोत्सवम देख्न सकिने भन्दै अध्यक्ष खड्गीले महोत्सव अवलोकन गर्न सबैमा आग्रह गर्नुभयो ।

फोटोमा यस्तो देखियो दोस्रो मिर्चैया महोत्सव २०७७

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*