संगालो साकोसको अध्यक्षमा पुनः शालिकराम अधिकारी चयन, कार्यसमितिमा को–को छन् ?

ए वान डेस्क
२५ पुष २०७७, शनिबार १९:३१

ए वान डेस्क /

बाराको सिमरामा रहेको संगालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौ बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभाले पुनः शालिकराम अधिकारीकै अध्यक्षतामा ९ सदस्यि नया कार्य समिति सर्बसंम्मतले चयन गरेको छ ।

नया कार्य समितिको उपाध्यक्षमा नेत्र प्रसाद दाहाल, सचिवमा रत्न उप्रेती, कोषध्यक्षमा निराजन थापा चयन हुनुभएको छ । यसैगरी नया कार्यसमितिको सदस्यहरुमा पुरुषोत्तम अधिकारी, ईश्वर थपलिया, रबिन्द्र ठाकुर, कोपिला खरेल र राजदास श्रेष्ठ चयन हुनुभएको छ । साधारणसभाले राज कुमार सोडारीको संयोजकत्वमा ३ सदस्यि लेखा समिति चयन गरेको छ ।

यसअघि साधारणसभाको बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य सुन्दर बिश्वकर्माले उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा बोल्दै बिश्वकर्माले संगालोले गरेका कामको प्रशंसा गर्दै सफल्ताको कामना गर्नुभयो । संगालोले आगामी दिनमा बचत तथा ऋणसंगै उत्पादन र रोजगारीको क्षेत्रमा पनि काम गर्नुपर्ने उहाले बताउनुभयो ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारिका अध्यक्ष सतेन्द्र ठाकुर, हातेमालो सहकारीका अध्यक्ष यज्ञ आले, नेपाली काग्रेसका जितपुरसिमरा नगर सभापति श्याम बाबु गुप्ता लगायतले मन्तब्य दिनुभएको थियो । संगालोले सो अवसरमा जिल्ला सहकारी संघका अध्यक्ष सतेन्द्र ठाकुर, उपाध्यक्ष राजु अधिकारी, सचिव मणिन्द्रनाथ शर्मा लगायतलाई सम्मान गरेको थियो ।

अध्यक्ष शालिकराम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव रत्न उप्रेतीले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*