दोस्रो मिर्चैया महोत्सव २०७७ मा दशौ हजारको भिड (हेर्नुस् फोटो)

ए वान डेस्क
२५ पुष २०७७, शनिबार २०:२७

ए वान डेस्क /

सिराहाको मिर्चैयामा जारी दोस्रो मिर्चैया महोत्सव २०७७ मा दशौ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् । द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ प्रा.लिको आयोजनामा पुष २१ गतेदेखि महोत्सवमा आज दशौ हजार दर्शकले मेला अवलोकन गरेका हुन् ।

महोत्सवको तेस्रो दिन शनिवार आज दश हजार भन्दा बढि दर्शकले मेला अवलोकन गरेको द लिडका अध्यक्ष बिमल खड्गीले ए वान समाचारलाई जानकारी दिनुभयो । मेला अवलोकन गर्न सिराहाका बिभिन्न स्थानीय तहसहित छिमेकी जिल्ला धनुषा, महोत्तरी र सर्लाहीका हजारौ दर्शक मिर्चैया आईपुगेका थिए ।

बिहानैदेखि बाक्लो उपस्थिति रहेको मेलामा व्यापार व्यवसाय पनि राम्रो भएको आयोजक कमिटिको भनाई छ । आयोजक कमिटिका व्यवस्थापक दिलिप साहका भने ‘आजको भिडले व्यापार व्यवसायपनि राम्रो भएको छ, आगामी दिनमा यस्तै हुने हामीले बिश्वास गरेका छौ’ ।

स्टल व्यवस्थापक कुमार मगरले पनि दर्शकको उपस्थितिले व्यापारी खुशी भएको बताउनुभयो । उता, बाल उद्यान व्यवस्थापक भिम ब. खत्रीले दर्शकको उपस्थितिले कारोवार राम्रो भएको बताउनुभयो । बिमल खड्गीको नेतृत्वमा रहेको टिममा मेघराज कुशुवाहा लगायतले मिर्चैया महोत्सवलाई व्यवस्थापन गरेको छ ।

बिगत लामो समयदेखि देशका अधिकासं जिल्लामा मेला महोत्सव गर्दै आएको द लिडले निरन्तर्ता स्वरुप मिर्चैयामा दोस्रो महोत्सव आयोजना गरेको हो । मिर्चैया नगरपालिका वडा नम्बर ७ मा जारी महोत्सवमा भोलि चर्चित गायिका सहिमा श्रेष्ठ, चर्चित गायक बिकास पाण्डे, चर्चित डान्स गु्रप अण्डर ग्राउण्ड डान्स स्टुडियो लगायतले आफ्नो प्रस्तुती देखाउने कार्यक्रम छ ।

महोत्सव पुष २८ गतेसम्म चल्नेछ । महोत्सवमा ४० वटा भन्दा बढि व्यवसायीक स्टल राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*