मिर्चैया महोत्सव : कलाकारको प्रस्तुतीले झुम्यो मिर्चैया (हेर्नुस् फोटो)

ए वान डेस्क
२७ पुष २०७७, सोमबार १३:४९

ए वान डेस्क /

सिराहाको मिर्चैयामा जारी दोस्रो मिर्चैया महोत्सव २०७७ मा आईतबार राष्ट्रिय स्तरका चर्चित कलाकारहरुले बेजोड प्रस्तुती देखाएका छन् । महोत्सवको चौथो दिन आईतबार कलारकारहरुले आफ्नो प्रस्तुती गज्जबले देखाए ।

द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ प्रा.लिको आयोजनामा पुष २१ गतेदेखि शुरु भएको महोत्सवमा आईतबार पनि दर्शकको उपस्थिति उल्लेख्य थियो । आईतबार हिजो चर्चित गायिका सहिमा श्रेष्ठ, चर्चित भोजपुरी गायक सुनिल पण्डित, गायक विकास पाण्डे, अण्डर ग्राउण्ड डान्स स्टुडियो चितवन लगायतले आफ्नो प्रस्तुती देखाएका थिए । चर्चित गायिका सहिमा श्रेष्ठले दर्शकमाझ भोजपुरी गित समेत गाईन् ।

सो अवसरमा उनले दर्शकलाई मज्जाले झुमाईन् । सहिमाको प्रस्तुती हेर्न आतुर दर्शकले शुरुमै भोजपुरी गितको मज्जा लिए । लगत्तै सहिमाले आफ्ना चर्चित गितहरु प्रस्तुत गरिन् ।

दर्शकको उपस्थितिले थप उत्साहित भएकी सहिमाले स्टेजमै बच्चाहरुसंग पनि नाच्न भ्याईन् । उता भोजपुरी गायक सुनिल पण्डितको प्रस्तुतीले त मिर्चैया गज्जबले झुम्यो । आधा दर्जन भन्दा बढि चर्चित गितहरु गाएर दर्शकलाई झुमाउन सफल भएका पण्डित स्टेजमा आफै नाच्दै थिए ।

दर्शकले सुनिल पण्डितको गितमा राती अबेरसम्म नाचे । महोत्सवस्थलमा गायक तथा संगितकार विकास पाण्डेको पनि प्रस्तुती रह्यो । कार्यक्रम सञ्चालक समेत रहेका पाण्डेले पनि आफ्ना केहि गितहरु दर्शकमाझ प्रस्तुत गरे ।

यसैगरी अण्डर ग्राउण्ड डान्स स्टुडियो चितवनको प्रस्तुती पनि उस्तै थियो । आधा दर्जन डान्सरहरुले त्यहा आफ्नो प्रस्तुती देखाए ।

डान्सरहरु प्रस्तुतीले मिर्चैया झुम्दै गर्दा महोत्सवस्थलमा राखिएका बाल उद्यानका सामाग्री पनि राम्रोसग चलेको द लिडका अध्यक्ष बिमल खड्गीले जानकारी दिनुभयो ।

आईतबार पनि शनिवारको जस्तै दर्शकको उपस्थिति थियो । हजारौ दर्शकको उपस्थितिमा आईतबार कला  कारहरुले आफ्नो प्रस्तुती देखाएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*