मिर्चैयामा झण्डा मेला महोत्सवको आयोजना, हजारौ दर्शकले गरे अवलोकन
ए वान डेस्क /
सिराहाको मिर्चैयामा श्री श्री १०८ श्री महाविर झण्डा मेला महोत्सव २०७७ जारी छ । महाविर झण्डा मेला महोत्सव आयोजक मुल समारोह समितिका अनुसार मिर्चैया नगरपालिका वडा नम्बर ५ झण्डा टोलमा महोत्सव चल्दैछ ।
पुष २१ गतेदेखि शुरु भएको महोत्सव पुष २८ गतेसम्म चल्नेछ । १५ बर्षदेखि आयोजना हुदै आएको झण्डा मेला महोत्सव सभ्य र भब्य रुपमा आयोजना हुदै आएको कोषाध्यक्ष रुकेश साहले ए वान समाचारलाई जानकारी दिनुभयो ।
‘हामीले १५ बर्षदेखि झण्डा मेला महोत्सव आयोजना गर्दै आएका छौ, यो १६औ बर्षमा प्रवेश भएको छ’ महासचिव साहले भन्नुभयो । मेला समितिका सचिव सरोज कुमार नायकले महोत्सव सभ्य र भब्य रुपमा सञ्चालन भईरहेको बताउनुभयो ।
‘हामीले सोच भन्दा पनि राम्रोसंग महोत्सव भईरहेको छ, आगामी दिनमा यसलाई अझै व्यवस्थित बनाउने छौ’ नायकले भन्नुभयो । मुल आयोजक समितिको अध्यक्ष रामलोचन साहको अध्यक्षतामा गठित समितिले मेला व्यवस्थापन गरेको सदस्य राकेश नायकले जानकारी दिनुभयो ।
महोत्सवमा दैनिक जसो हजारौ दर्शक तथा भक्तजनले अवलोकन गर्दै आएका छन् ।