भोलिदेखि शुरु हुने कटारी त्रिवेणी महोत्सवको सम्पुर्ण तयारी पुरा

ए वान डेस्क
२९ पुष २०७७, बुधबार २१:५३

ए वान डेस्क /

उदयपुरको कटारी नगरपालिकामा भोलिदेखि शुरु हुन लागेको कटारी त्रिवेणी महोत्सव २०७७ को सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक त्रिवेणी स्पोर्ट्स क्लबले दिएको जानकारी अनुसार भोलिदेखि शुरु हुन लागेको महोत्सवको सम्पुर्ण तयारी पुरा भएको हो ।

कटारी नगरपालिका वडा नम्बर २ खोस्सामा हुन लागेको महोत्सव माघ १५ गतेसम्म चल्नेछ । महोत्सवको भोलि एक कार्यक्रमकाबिच उद्घाटन गर्ने कार्यक्रम छ ।

बिगत लामो समयदेखि देशका बिभिन्न जिल्लामा मेला महोत्सव गर्दै आएको द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ प्रा.लिले महोत्सवको सम्पुर्ण व्यवस्थापन गरेको छ । द लिडसंगको सहकार्यमा हुन लागेको महोत्सवका राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको प्रस्तुती, मनोरञ्जनात्मक बाल उद्यान, मुखै रसाउने खानाका बिभिन्न स्टलहरु साथै अन्य बिशेष प्रस्तुती देख्न सकिने द लिडका अध्यक्ष बिमल खड्गीले ए वान समाचारलाई जानकारी दिनुभयो ।

द लिड यसअघि सिरहाको मिर्चैयामा मिर्चैया महोत्सव आयोजना गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*