खेल क्षेत्रको विकास गर्ने बारे जीतपुरसिमरामा बृहत छलफल

ए वान डेस्क
३ माघ २०७७, शनिबार १७:४७

ए वान डेस्क /

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले खेल क्षेत्रको विकास गर्न सबै अग्रसर हुनुपर्ने बताउनुभएको छ । बाराको सिमरामा आज आयोजित बृहत छलफल कार्यक्रममा उहाले खेल क्षेत्रको विकास गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।

खेल क्ष्ँेत्रमार्फत समग्र देशको विकास गर्न सकिनेभन्दै उहाले यसतर्फ सबैले चासो दिनुपर्ने बताउनुभयो । सिमरामा रहेका बिभिन्न खेलसंग सम्बन्धीत संघ संस्थाको आयोजनामा सिमरा ईनमा भएको छलफल कार्यक्रममा बोल्दै सदस्य सचिव सिलवालले भन्नुभयो ‘सिमरा क्षेत्रमा हुने सबै किशिमका खेलमा मेरो चासो, चिन्ता र अग्रसरता रहन्छ, तसर्थ यहाको खेल क्षेत्रको विकास गर्न जरुरी छ’ ।

सो अवसरमा सिमरा रंगशालाको विकास, जीतपुरसिमराको खेल क्षेत्रको विकास र सिमरा गोल्डकप आयोजना गर्ने बिषयमा छलफल भएको थियो । छलफलमा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले जीतपुरसिमरामा खेल क्ष्ँेत्रको विकास गर्न उपमहानगर गंभिर रहेको बताउनुभयो ।

छलफलमा नव जन जागृति युवा क्लब सिमरा, बारा राईडर्स, सिमरा क्रिकेट क्लब, बारा तेक्वान्दो संघ, कराते संघ, ब्याटमिन्टन संघ, भलिवल संघ लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । साथै त्यस क्रममा क्रिकेट खेलको विकास कसरी गर्न सकिन्छ भन्ने बिषयमा समेत छलफल भएको थियो ।

बारा राईडर्सको स्थान पहिचान गर्नेबारेमा पनि सदस्य सचिव र नगर प्रमुखले चासो देखाउनुभएको खेलप्रेमी शम्भु ठकुरीले ए वान समाचारलाई जानकारी दिनुभयो । कार्यक्रममा नव जनजागृती युवा क्लब सिमराका निवर्तमान अध्यक्ष कासिम मिया, परिषदका ईन्जिनियर राजु श्रेष्ठ, रंगशाला पुर्वाधार निर्माण समितिका संयोजक धर्म बहादुर श्रेष्ठ, नव जन जागृति युवा क्लबका अध्यक्ष रामचन्द्र लामा , उपाध्यक्ष दुर्गा बहादुर थापा, कार्यपालिका सदस्य शोभा कार्की,  सिमरा क्रिकेटका पंकज शर्मालगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*