सिमराको गैरी टोलमा ‘बृहत सास्कृतीक कार्यक्रम’ हुने
ए वान डेस्क /
बाराको जीतपुरसिमराका उपमहानगरपालिकामा यही माघ ३० गते बृहत सास्कृतीक कार्यक्रम हुने भएको छ । सोनाम ल्होछारको अवसर पारेर हुलास फुटबल क्लबले बृहत सास्कृतीक कार्यक्रम गर्न लागेको हो । ]
वडा नम्बर २ स्थित गैरी टोल खेल मैदानमा कार्यक्रम हुन लागेको आयोजक क्लबका अध्यक्ष सोमलाल बोम्जनले ए वान समाचारलाई जानकारी दिनुभयो । सास्कृतीक कार्यक्रममा नेपालका चर्चित गायक कमल के. क्षेत्री, भोजपुरी गायक सुनिल पण्डित, गायक प्रकाश तितुङ, गायक तथा संगितकार विकास पाण्डे, पनाम ब्याण्ड पथलैयाका साथै अण्डर ग्राउण्ड डान्स स्टुडियो चितवनले आफ्नो प्रस्तुती देखाउने कार्यक्रम छ ।
कार्यक्रममा स्थानीय कलाकारहरुले समेत आफ्नोे नृत्य देखाउने अध्यक्ष बोम्जनले जानकारी दिनुभयो । ‘हामीले यसबर्ष ल्होछार कार्यक्रम भब्य रुपमा मनाउदैछौ, एक पटक कार्यक्रम हेर्न आईदिन म सबैलाई आग्रह गर्न चाहन्छु’ अध्यक्ष बोम्जनले भन्नुभयो ।















