दुधौरा महोत्सव २०७७ आजदेखि शुरु, आउदैछन् यी कलाकार

ए वान डेस्क
२९ माघ २०७७, बिहीबार २१:५१

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ मा आजदेखि दुधौरा महोत्सव २०७७ शुरु भएको छ । द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिको आयोजनामा वडा नम्बर १४ स्थित दुधौरा मैदानमा आजदेखि महोत्सव शुरु भएको हो ।

महोत्सवको उद्घाटन भने फागुन १ गते गर्ने कार्यक्रम छ । महोत्सवको जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रदेश मिडिया प्रा.लि सिमराको सह आयोजनामा दुधौरा मैदानमा हुन लागेको महोत्सव फागुन ११ गतेसम्म चल्नेछ । आयोजकले आज र भोलि निशुल्क मेला अवलोकन गर्ने व्यवस्था गरेको छ ।

महोत्सवमा दैनिक रुपमा राष्ट्रिय कलाकारहरुले प्रस्तुती देखाउनेछन् । महोत्सवमा १०० वटा भन्दा बढि व्यवसायिक स्टल राखिएको छ । मनोरञ्जनात्मक बाल उद्यानका साथै सेल्फी जोन समेत राखिएको महोत्सव लाखौले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

महोत्सवमा चर्चित गायक प्रमोद खरेल, गायिका ज्योति मगर, र्यापर मिस्टर डि, गायक निशान भट्राई, गायक दुर्गेस थापा, गायक कमल खत्री, गायिका प्रिति आले, गायक बद्रि पंगेनी, गायक प्रताप दास, गायिका रचना रिमा, गायक कमले के. क्षेत्री, भोजपुरी गायक सुनिल पण्डित, गायक प्रमोद जख्मी, गायक विकास पाण्डे, गायिका चयन मगर, गायक देवेन्द्र कार्की, गायक शुसिल पौडेल, गायक अरुण पौडेल, गायक ईश्वर पुडाशैनी लगायतले आफ्नो प्रस्तुती देखाउने कार्यक्रम छ ।

यसका साथै स्थानीय कलाकारहरुले पनि आफ्नो प्रस्तुती देखाउने आयोजक कमिटिका अध्यक्ष बिमल खड्गीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*