आखा अस्पताललाई जग्गा दान गर्ने काशिम मिया सम्मानित

ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ मा निर्माण हुन लागेको आखा अस्पताल बनाउन जग्गा दान गर्ने बरिष्ठ समाजसेवी काशिम मियालाई सम्मान गरिएको छ । दुधौरा महोत्सव २०७७ मा आयोजित एक कार्यक्रमकाबिच बरिष्ठ समाजसेवी मियालाई सम्मान गरिएको हो ।
कार्यक्रमकाबिच आयोजक द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङले मियालाई मायाको चिनोद्धारा सम्मान गरेको हो । मियालाई द लिडका उपाध्यक्ष सत्यराज घिमिरेले सम्मान गर्नुभएको थियो । मियाले औराहामा आखा अस्पताल निर्माण गर्न करोडौ पर्ने जग्गा दान गर्नुभएको छ ।
सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय मियाले अन्य क्ष्ँेत्रमा पनि सहयोग गर्दै आउनुभएको छ । कार्यक्रमकाबिच समाजसेवी राजन उप्रेतीलाई पनि सम्मान गरिएको थियो ।
होटल प्याराडाईजि लञ्ज एण्ड बार सिमराका सञ्चालक समेत रहेका उप्रेतीलाई पनि कार्यक्रमकाबिच सम्मान गरिएको हो ।