नेपाल बाल संगठन बाराको सभापतिमा त्रिलोक ठकुरी चयन

ए वान डेस्क
१६ फाल्गुन २०७७, आईतवार १८:०१

ए वान डेस्क /

नेपाल बाल संगठन बाराको सभापतिमा त्रिलोक बिक्रम ठकुरी चयन भएका छन् । सिमरामा आज सम्पन्न संगठन बाराको अधिवेशनले ठकुरीलाई सभापति चयन गरेको हो ।

साधारणसभा सहितको अधिवेशनले ठकुरीको अध्यक्षतामा ७ सदस्यि नया कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । यसअघि अधिवेशनको जीतपुरसिमरा उपमहानगरपालिकाकी उप प्रमुख सरस्वती देवी चौधरीले उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै चौधरीले बालबालिकाहरुलाई सामाजिक क्रियाकलापमा अग्रसर गराउन बाल संगठन गंभिर हुनुपर्ने बताउनुभयो । संगठन बाराको साधारणसभा सहितको अधिवेशनमा बरिष्ठ सञ्चारकर्मी प्रकाश लम्साल निर्वाचन अधिकृत हुनुहुन्थ्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*