अमलेखगञ्ज रमाईलो मेलाको तयारी अन्तिम चरणमा

ए वान डेस्क
१८ फाल्गुन २०७७, मंगलवार १६:५६

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ मा हुन लागेको अमलेखगञ्ज रमाईलो मेला २०७७ को तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ विरगञ्जले दिएको जानकारी अनुसार रमाईलो मेलाको तयारी अन्तिम चरणमा पुगेको हो ।

प्रदेश मिडिया प्रा.लि सिमराको सह आयोजनामा शुरु हुन लागेको अमलेखगञ्ज रमाईलो मेला फागुन २० गतेदेखि शुरु हुदैछ । चैत्र १ गतेसम्म चल्ने रमाईलो मेला अमलेखगञ्जको झोलुंगे पुलसंग रहेको खेल मैदानमा हुन लागेको हो ।

रमाईलो मेलामा नेपालका चर्चित गायिका ज्योति मगर, चर्चित गायक दुर्गेस थापा, चर्चित र्यापर मिस्टर डि, गायक मिलन लामा, गायक कमल खत्री, गायक रोज मोक्तान, गायिका समिक्षा अधिकारी, गायक खुमन अधिकारी, गायक सम्राट चौलागाई, गायक रमेश श्रेष्ठ मेलोडी, गायक सुनिल पण्डित, र्यापर एस.टि म्यान, गायक विकास पाण्डे, गायक देवेन्द्र कार्की, गायक अरुण पौडेल, गायक सुशिल पौडेल, गायक ईश्वर पुडाशैनी, गायक सनि सुनार, चर्चित डान्सगु्रप नेपोलिक डान्स कृ लगायतले आफ्नो प्रस्तुती देखाउने कार्यक्रम रहेको आयोजक द लिडका अध्यक्ष बिमल खड्गीले ए वान समाचारलाई जानकारी दिनुभयो ।

महोत्सवमा स्थानीयक कलाकारहरुले पनि आफ्नो प्रस्तुती देखाउनेछन् । महोत्सवमा ५० भन्दा बढि व्यापारिक स्टल, मनोरञ्जनात्मक बाल उद्यानमार्फत पनि मनोरञ्जन लिन सकिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*