शुरु भयो ‘अमलेखगञ्ज रमाईलो मेला २०७७’

ए वान डेस्क
२१ फाल्गुन २०७७, शुक्रबार ०९:३८

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जमा आजदेखि अमलेखगञ्ज रमाईलो मेला २०७७ शुरु भएको छ । मेलाको आज एक कार्यक्रमकाबिच प्रदेशसभा सदस्य सिता गुरुङले उद्घाटन गर्नुभएको थियो ।

द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ विरगञ्जको आयोजनामा आजदेखि शुरु भएको रमाईलो मेला चैत्र १ गतेसम्म सञ्चालन हुनेछ । मेलाको उद्घाटन गर्दे प्रदेशसभा सदस्य गुरुङले मेला सफल्ताको शुभकामना व्यक्त गर्नुभयो ।

बिभिन्न समयमा आयोजना हुने यस्ता किशिमका मेला महोत्सवले पर्यटन प्रवद्र्धनमा ठुलो भुमिका खेल्ने बताउनुभयो । ‘अमलेखगञ्जलाई समृद्ध बनाउन यस्ता किशिमका मेला महोत्सवले पनि ठुलो भुमिका खेल्नेछ, त्यसकारण पनि यस्तो कार्यक्रम बिभिन्न समयमा हुन आवश्यक छ’ गुरुङले भन्नुभयो ।

कार्यक्रममा बोल्दै बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य सुन्दर बहादुर बिश्वकर्माले पर्यटन प्रर्वद्धनका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाले पर्यटन प्रवद्र्धनको निम्ति यस्ता कार्यक्रम फलदायि हुने बताउनुभयो । अमलेखगञ्जलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न समबद्ध सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै संविधानसभा सदस्य मधु शाहीले मेला सफल्ताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै वडा नम्बर २१ का वडा अध्यक्ष कृष्ण ठकुरीले अमलेखगञ्जलाई पर्यटकीय क्ष्ँेत्रको रुपमा विकास गर्न वडा तयार रहेको बताउनुभयो । पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम मार्फत अमलेखगञ्जलाई समृद्ध बनाउन सकिने भन्दै सबैका साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा वडा नम्बर २१ का वडा सदस्यहरु प्रेमा बल, राजेन्द्र बस्नेत, गंभिर नेपाली, गंगा बिक, वडा नम्बर २१ का वडा सचिव दिपा चौलागाई, नेपाल चेम्बर अफ कमर्स बाराकी कोषाध्यक्ष सिता के.सी, खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नारयाण लामिछाने, नेरामावि अमलेखगञ्जका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ विरगञ्जका अध्यक्ष बिमल खड्गीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रदेश मिडिया प्रा.लि सिमराका अध्यक्ष बिमल खड्गीले गर्नुभएको थियो । कार्यक्रममा प्रदेश मिडिया प्रा.लि सिमराका सञ्चालक विकास पाण्डेले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । प्रदेश मिडिया प्रा.लि सिमराको सह आयोजनामा शुरु भएको महोत्सव चैत्र १ गतेसम्म चल्नेछ । रमाईलो मेला अमलेखगञ्जको झोलुंगे पुलसंग रहेको खेल मैदानमा भईरहेको छ ।

रमाईलो मेलामा नेपालका चर्चित गायिका ज्योति मगर, चर्चित गायक दुर्गेस थापा, चर्चित र्यापर मिस्टर डि, गायक मिलन लामा, गायक कमल खत्री, गायक रोज मोक्तान, गायिका समिक्षा अधिकारी, गायक खुमन अधिकारी, गायक सम्राट चौलागाई, गायक रमेश श्रेष्ठ मेलोडी, गायक सुनिल पण्डित, र्यापर एस.टि म्यान, गायक विकास पाण्डे, गायक देवेन्द्र कार्की, गायक अरुण पौडेल, गायक सुशिल पौडेल, गायक ईश्वर पुडाशैनी, गायक सनि सुनार, चर्चित डान्सगु्रप नेपोलिक डान्स कृ लगायतले आफ्नो प्रस्तुती देखाउने कार्यक्रम रहेको आयोजक द लिडका अध्यक्ष बिमल खड्गीले ए वान समाचारलाई जानकारी दिनुभयो ।

महोत्सवमा स्थानीयक कलाकारहरुले पनि आफ्नो प्रस्तुती देखाउनेछन् । महोत्सवमा ५० भन्दा बढि व्यापारिक स्टल, मनोरञ्जनात्मक बाल उद्यानमार्फत पनि मनोरञ्जन लिन सकिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*