मनकामना सहकारीको दोस्रो साधारणसभा सम्पन्न

ए वान डेस्क
२३ फाल्गुन २०७७, आईतवार १२:३८

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जमा रहेको मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दोस्रो साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको बारा क्ष्ँेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य सुन्दर बिश्वकर्माले उद्घाटन गर्नुभएको थियो ।

साधारणसभाको उद्घाटन गर्दै प्रदेशसभा सदस्य बिश्वकर्माले समाज परिवर्तन गर्न सहकारीको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य सिता गुरुङ, २१ का वडा अध्यक्ष कृष्ण शाही ठकुरी र २२ का वडा अध्यक्ष मणिकलाल थिङ, सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेल लगायतको उपस्थिति रहेको थियो ।

संस्थका अध्यक्ष सुभाष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सुभाष श्रेष्ठले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*