ठोरी कृषि तथा सास्कृतीक महोत्सवमा आउदैछन् यी कलाकारहरु
ए वान डेस्क /
पर्साको ठोरीमा हुने कृषि तथा सास्कृतीक महोत्सव २०७७ मा नेपालका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने भएका छन् । चौतारी कृषि सहकारी संस्था लि. ठोरी ४ पर्साको आयोजनामा यही चैत्र १२ गतेदेखि शुरु हुन लागेको महोत्सवमा चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने भएका हुन् ।
चैत्र २२ गतेसम्म महोत्सवमा नेपालका चर्चित गायक शिव परियार, गायिका ईन्दिरा जोसी, गायिका मेलिना राई, र्यापर मिस्टर डि, गायक रमेश राज भट्राई, गायक प्रताप दास, गायिका समिक्षा अधिकारी, गायिका रचना रिमाल, गायक कमल के. क्षेत्री, गायिका अस्मिता अधिकारी, भोजपुरी गायक सुनिल पण्डित, गायक रमेश श्रेष्ठ मेलोडी, गायक विकास पाण्डे, गायकहरु सनि सुनार, ईश्वर पुडाशैनी, अरुण पौडेल, सुशील पौडेल, प्रकाश तितुङ, बिमला थिङ, आशमान लोप्चन, सुरेश लामा लगायतले आफ्नो प्रस्तुती देखाउने आयोजक समितिका अध्यक्ष निमा लामाले ए वान समाचारलाई जानकारी दिनुभयो ।
ठोरी गाउपालिका वडा नम्बर ४ आठघरे हुन लागेको महोत्सवमा द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ विरगञ्ज, मिलन साउण्ड सर्भिस सह आयोजक रहेको छ । यसैगरी ईभेन्ट सहयोगीको रुपमा प्रदेश मिडिया प्रा.लि सिमरा रहेको छ ।
महोत्सवमा ठोरी एक्सप्रेस डटकम, रेडियो विजयवस्ती, ठोरी पर्सा खबर डटकम, सबैको समाचार डटकम, ए वान समाचार डटकम, ए वान टिभि मिडिया पार्टनर रहेको सह आयोजक द लिडका अध्यक्ष बिमल खड्गीले जानकारी दिनुभयो ।