‘यसकारण गिरिजा अधिकारीलाई बागमती प्रदेशको अध्यक्ष बनाउनुपर्छ’

ए वान डेस्क
९ चैत्र २०७७, सोमबार १८:०८

ए वान डेस्क /

नेपाल पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्षमा पत्रकार गिरिजा अधिकारीले उम्मेद्धवारी घोषणा गर्नुभएको छ । २ बर्षभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय अधिकारीले आसन्न बागमती प्रदेशको निर्वाचनमा अध्यक्ष पदको लागी उम्मेद्धवारी घोषणा गर्नुभएको हो । अध्यक्ष पदको लागी उम्मेद्धवारी घोषणा गरेका अधिकारीले आफ्ना भावि कार्ययोजना समेत प्रस्तुत गर्नुभएको छ ।

यस्तो छ पत्रकार गिरिजा अधिकारीको कार्ययोजना
१. नेपाल पत्रकार महासंघ प्रदेश समितिको आफ्नै भवन निर्माण गरिनेछ ।
२. पत्रकार सुरक्षा र संयोजनको लागि महासंघ कार्यालयमा टोल फ्री नम्बर प्रयोगमा ल्याइनेछ ।
३. साना लगानीका स्थानीय मिडिया प्रवद्र्धनका लागि समानुपातिक विज्ञापन वितरणका लागि दबाब दिइनेछ । श्रमजीवि पत्रकारको सुरक्षा र प्रवद्र्धनका लागि आवश्यक नीति बनाएर काम गरिनेछ ।
४. प्रदेशका १० वटै जिल्लाका अध्यक्षज्यूहरुलाई प्रदेश समितिको वैठकमा आमन्त्रित सदस्यको रुपमा सहभागी गराउने व्यवस्था मिलाइनेछ ।
५. प्रदेशभित्रका सरकारी कार्यालयहरुको विज्ञापन सकेसम्म प्रदेशकै संचारमाद्यमलाई उपलब्ध गराउने आवश्यक काम गरिनेछ ।
६. प्रदेश महासंघको कार्यालयमा प्रदेश लाइब्रेरीको निर्माण गरिनेछ ।
७. प्रदेश महासंघले प्रत्येक महिना प्रदेश पत्रकारिता नामक स्मारिका प्रकाशन गर्नेछ र सो स्मारिकामा प्रत्येक शाखाबाट एक जना प्रतिनिधि राख्ने व्यवस्था मिलाइनेछ । शाखाका सिफारिसमा नियुक्त हुने प्रतिनिधिलाई आवश्यक पारिश्रमिक व्यवस्था गरिनेछ ।
८. संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र नीजि क्षेत्रसँग समन्वय गरी महासंघमा प्रयाप्त कोषको व्यवस्था मिलाइनेछ ।
९. महासंघ जिल्ला शाखासँग प्रत्येक २ महिनामा कम्तीमा एकपटक अन्तरक्रिया आयोजना गरिनेछ ।
१०. १० वटै जिल्लाका एक एक जना पत्रकारलाई जनही रु.५०,०००÷– राशीको उत्कृष्ठ पत्रकारिता पुरस्कार प्रदान गरिनेछ ।
११.बागमती प्रदेशका पत्रकारहरुलाई अन्य प्रदेशमा भ्रमण गराउने व्यवस्था मिलाइनेछ ।
१२. पत्रकारका लागि दूर्घटना बीमा र आकस्मिक उपचार कोषको व्यवस्था मिलाइनेछ ।
१३.पत्रकारिता अध्ययन तथा अनुसन्धानका लागि प्रत्येक वर्ष कम्तीमा ५ जना पत्रकारका लागि छात्रवृत्तिको व्यवस्था मिलाइनेछ ।
१४. श्रमजीवि पत्रकारको सुरक्षा र साना लगानीका मिडियाको विकासका लागि आवश्यक समन्वय गरिनेछ ।
१५. पत्रकारिताका विविध विषयहरु (रेडियो, पत्रिका, अनलाइन र टेलिभिजनमा कार्यरत प्राविधिकहरुका लागि प्राविधिक तालिम, सम्पादन शाखामा कार्यरतहरुका लागि लेखन तथा सम्पादनसम्बन्धी तालिम, साना लगानीका मिडिया संचालकहरुका लागि व्यवस्थापन तालिम, र सबैका लागि मिडिया कानून सम्बन्धी) तालिम संचालन गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*