शुरु भयो ठोरी कृषि तथा सास्कृतीक महोत्सव २०७७
ए वान डेस्क /
ठोरी गाउपालिका वडा नम्बर ४ मा बिहिबारदेखि ठोरी कृषि तथा सास्कृतीक महोत्सव २०७७ शुरु भएको छ । चौतारी कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा कृषि तथा सास्कृतीक महोत्सव २०७७ शुरु भएको हो ।
महोत्सवको एक कार्यक्रमकाबिच ठोरी गाउपालिकाका प्रमुख पदमलाल श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । महोत्सवको उद्घाटन गर्दे गाउपालिका प्रमुख श्रेष्ठले पर्यटन प्रवद्र्धनको अभियानमा यस्ता किशिमका मेला महोत्सवले ठुलो भुमिका खेल्ने बताउनुभयो ।
ठोरीको विकास र प्रवद्र्धनमा गाउपालिका प्रतिवद्ध भएर लागेकोभन्दै उहाले विकास निर्माणको काममा कुनै कसर बाकी नराख्ने बताउनुभयो । ठोरीलाई पर्यटकीय क्ष्ँेत्रको रुपमा विकास गर्न सम्बद्ध सबै निकाय लाग्नुपर्ने भन्दै उहाले सबैको चासो र अग्रसरताले नै अभियान सफल हुने बताउनुभयो ।
कार्यक्रममा जनप्रतिनिधि, बिभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधि, संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, सञ्चार संस्थाका प्रमुख एवं प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । आयोजक चौतारी कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष निमा लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी माधव तिमल्सीनाले गर्नुभएको थियो ।
कार्यक्रममा आयोजक समितिका सागर तामाङले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । हिजोदेखि शुरु भएको महोत्सव चैत्र २२ गतेसम्म चल्नेछ । महोत्सवमा ५० भन्दा बढि व्यापारिक स्टल राखिएको छ । यसका साथै मनोरञ्जनात्मक बाल उद्यान, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, मुखै रसाउने खानाका बिभिन्न परिकारहरु बिशेष रुपमा रहने सह आयोजक द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ विरगञ्जका अध्यक्ष बिमल खड्गीले जानकारी दिनुभयो ।
महोत्सवको पहिलो दिन हिजो चर्चित गायक रमेश श्रेष्ठ मेलोडीले आफ्नो प्रस्तुती देखाउनुभएको थियो । यस बाहेक द अण्डरग्राउण्ड डान्स स्टुडियो चितवनले पनि आफ्नो प्रस्तुती देखाएको थियो ।