वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

ए वान डेस्क
३१ चैत्र २०७७, मंगलवार १६:५०

वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका-३ प्रगतिनगरका ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि तीन दिनअघि नारायणी अस्पतालमा भर्ना भएका उनको आज मंगलबार बिहान ८ः२० बजे मृत्यु भएको हो ।

एक महिनाअघि नयाँ दिल्लीमा छोरालाई भेट्न गएका उनी केही दिनअघि मात्रै नेपाल फर्किएका थिए ।

श्वासप्रश्वासमा समस्यामा हुनुका साथै खोकी र ज्वरो देखिएपछि उनी अस्पताल भर्ना भएका थिए ।

बाराका एकजना कोरोना संक्रमितको पनि आजै बिहान ३ बजे नै वीरगञ्जस्थित नारायणी अस्पतालमै मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*